शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय
प्रथम नेपाली महिला

सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला

शनिबार, ०३ जेठ २०८२, १६ : ००
शनिबार, ०३ जेठ २०८२
  • जन्ममिति : वि.सं. १९८४ असार ०३
  • जन्मस्थान : असन, काठमाडौँ 
  • निधन : वि.सं. २०७१ असोज ०६ 
  • माता : रम्भा प्रधान
  • पिता : शंकरलाल प्रधान
  • शिक्षा : स्नातकोत्तर (अर्थशास्त्र)
  • कृति : स्मृतिका आँखीझ्यालबाट (आत्मसंस्मरण)
  • पदक/विभूषण : विभिन्न सम्मान, पुरस्कार
  • विदेशभ्रमण : रुस, स्विडेन, जर्मनी, चीन, भारत आदि

नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्‍याउँदै आएको देन अविस्मरणीय छ । ‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरूप्रति समर्पित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् ।

यस कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अड्चन, उत्पीडन, अन्योल, बेथिति र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कँदै आएका छौँ ।

‘प्रथम नेपाली महिला’ शृङ्खलाको २१ औँ एपिसोड सहाना प्रधानका सम्बन्धमा छ । राजनीतिक दलको प्रथम नेपाली महिला संस्थापक अध्यक्ष हुने श्रेय उनलाई प्राप्त छ । 

नेपालको राजनीतिक इतिहासमा सहाना प्रधानको नाम उल्लेखनीय छ ।  जहानियाँ राणाशाहीविरूद्ध कडा स्वर उराल्ने सहानाले थिचोमिचो, शोषण र भेदभावपूर्ण व्यवहारलाई कहिले पनि चुपचाप सहेर बस्ने काम गरिनन् । 

कर्मठ, क्रियाशील र खरो स्वभावकी सहानाको नेपालको राजनीति, शिक्षा, महिला उत्थान लगायत विभिन्न क्षेत्रमा अग्रणी भूमिका रहेको छ ।  उनी २००४ सालदेखि राजनीतिक आन्दोलनमा लागेकी हुन् । 

नेपाली राष्ट्रिय काँगे्रसको आह्वानमा गरिएको नागरिक अधिकार आन्दोलनमा  ८० जना जति संलग्न थिए । त्यस समूहमा उनी पनि थिइन् । 

त्यतिखेर चार जना महिला त्यस आन्दोलनमा सहभागी थिए– सहाना प्रधान, स्नेहलता श्रेष्ठ, कनकलता श्रेष्ठ र साधना प्रधान । आन्दोलनपछि श्री ३ पद्मशमशेरले सुधारको वचन समेत दिएको उल्लेख पाइन्छ । 

सहाना दुई वर्षकी हुँदा आमाको निधन भयो । त्यसपछि, हजुरआमा, दिदी तथा बाबुसँग उनी बर्मा (म्यानमार) पुगिन् । त्यहाँ उनका बाबु व्यापार गरेर बसेका थिए ।  प्रारम्भिक शिक्षा त्यतै भयो । 

वि.सं. २००४ वैशाख १७ गते जहानियाँ राणाशासनको विरोधमा पर्चा छर्ने तथा जुलुस निकाल्ने काममा उनी पक्राउ परिन् । तत्कालीन श्री ३ महाराज पद्मशमशेरको आदेशमा नेता पुष्पलाल र सहानालाई पक्राउ गरी एउटै कारागारमा राखिएको थियो । 

नेता पुष्पलालसित उनको यही आन्दोलनमा भेट भएको हो । नेपाल कम्युनिस्ट पार्टी (वि.सं. २००६) का संस्थापक पुष्पलाल श्रेष्ठ (वि.सं. १९८१–२०३५) सँग भएको यो भेटले बढाएको सम्बन्ध प्रगाढ हुँदै अन्ततः २०१० माघ महिनामा दाम्पत्य जीवनमा परिणत भयो । उनका दुई सन्तान भए : छोरी उषा र छोरा उमेश ।

सहाना प्रधान नागरिक अधिकारका लागि आवाज उठाउँदै राजनीतिक फाँटमा निरन्तर अग्रसर थिइन् ।  उनले काठमाडौँ नगरपालिकाको चुनावमा महिलाको मताधिकारका निम्ति पनि आवाज उठाएकी थिइन् ।

त्यसबखत, नेपालमा पहिलोपटक हुने भनिएको निर्वाचनमा महिलालाई मताधिकार प्राप्त थिएन ।  ६० जनाको समूहको नेतृत्व गर्दै उनले शासक श्री ३ पद्मशमसेर जबरासमक्ष माग राखेकी हुन् । त्यसबेला १५ दिन आमरण अनशन बस्ने काम समेत भएको थियो । 

वि.सं. १९८४ असार ०३ गते त्यौड, असन, काठमाडौँमा जन्मिएकी हुन् सहाना । उनकी माता रम्भा प्रधान र पिता शंकरलाल प्रधान हुन् । 

सहाना दुई वर्षकी हुँदा आमाको निधन भयो । त्यसपछि, हजुरआमा, दिदी तथा बाबुसँग उनी बर्मा (म्यानमार) पुगिन् । त्यहाँ उनका बाबु व्यापार गरेर बसेका थिए ।  प्रारम्भिक शिक्षा त्यतै भयो । 

वि.सं. २००० मा नेपाल फर्किएर बाँकी शिक्षा यहीँबाट अगाडि बढाइन् ।  २००४ मा उनले एसएलसी दिएकी हुन् ।

त्यतिखेर एसएलसी दिने चार जना मात्रै छात्रा थिए । ती हुन्– सहाना प्रधान, साधना प्रधान, अंगूरबाबा जोशी र भुवन सिंह । 

२०२२ सालमा पद्मकन्या कलेजमा ‘लेक्चरर’ तथा अर्थशास्त्रको विभागीय प्रमुख पनि भइन् । अनि, २०३० सालमा कीर्तिपुर बहुमुखी क्याम्पस त्रिविमा ‘लेक्चरर’ भइन् । 

त्यसपछि, सहानाले भारतको लखनउ इजावेल धवन कलेजबाट आई.ए. गरिन् । २००७ सालमा नेपाल फर्किएकी सहानाले २००९ मा बी.ए. गरेकी हुन् । 

त्यतिखेर भारतको पटना बोर्ड अन्तर्गत परीक्षा भएको थियो । यसमा ७२ परीक्षार्थी थिए ।

महिला परीक्षार्थी चाहिं सहाना मात्रै थिइन् । सहानाले २००७ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएकी हुन् । 

उनी २००७ सालमै नेपाल महिला सङ्गठनको महासचिव बनिन् । उनी युवा तथा विद्यार्थी सङ्गठनको कार्यकारी सदस्य पनि भएकी थिइन् । 

कन्या मन्दिर हाईस्कुल र सीताराम हाईस्कुलमा अध्यापन गरेकी सहाना कलेज अफ एजुकेसनको नर्मल स्कुलमा वरिष्ठ प्रशिक्षिका पनि बनिन् ।  २०१७ सालअघि पार्टीमा अञ्चल स्तरमा कार्यरत थिइन् । २०१८ सालमा त्रिचन्द्र कलेजमा ‘लेक्चरर’ बनिन् । 

२०२२ सालमा पद्मकन्या कलेजमा ‘लेक्चरर’ तथा अर्थशास्त्रको विभागीय प्रमुख पनि भइन् । अनि, २०३० सालमा कीर्तिपुर बहुमुखी क्याम्पस त्रिविमा ‘लेक्चरर’ भइन् । 

राजनीति गरेको आरोपमा उनलाई २०३२ सालमा जागिरबाट निकाला गरियो । शहीद गंगालाल श्रेष्ठका भाइ, उनका पति पुष्पलाल श्रेष्ठको निधन (२०३५ साउन ०७ गते) भएपछि भिनाजु मनमोहन अधिकारीको पार्टीमाझ एकता भई नेकपा मार्क्सवादी पार्टी बनेको हो । 

पहिले सहाना यस पार्टीकी प्रवक्ता थिइन् । पार्टी एक भएपछि पार्टी महासचिवको जिम्मेवारी सम्हालिन् । 

जन आन्दोलन (२०४६) का बेलामा पनि उनी दुई महिना जति जेल परिन् । जनआन्दोलनको सफलतापछि अन्तरिम सरकारमा उनी उद्योगमन्त्री बनेकी थिइन् । 

२०४३ चैत १४ देखि १७ गतेसम्म सहाना तथा मनमोहनका पार्टीको संयुक्त सम्मेलन भएर नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) बन्यो । जन आन्दोलनको सफलतापछि २०४७ चैत २२ गते मदन भण्डारी नेतृत्वको नेकपा मालेसँग नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) को एकीकरण भई ‘नेपाल कम्युनिस्ट पार्टी एमाले’ बनेको हो । नेकपा एमालेमा नेतृ सहानाले गौरवपूर्ण स्थान बनाएकी थिइन् । 

जनमत सङ्ग्रहदेखि राजनीतिक गतिविधिमा विशेष सक्रिय थिइन् उनी । सहानाले जन आन्दोलनका बखत संयुक्त वाममोर्चाको अध्यक्षता सम्हालेकी थिइन् । काँग्रेस र कम्युनिस्ट नमिलीकन आन्दोलन सफल नहुने निष्कर्ष निकालिएकाले २०४६ मा एकीकृत रूपमा आन्दोलन गरिएको थियो । त्यस आन्दोलनमा विभिन्न वामघटकबाट एउटी महिलाको नेतृत्व स्वीकार गरिनुले पनि नेतृ सहानाद्वारा राजनीतिक वृत्तमा हासिल गरिँदै आएको उचाइको परिचय पाउन सकिन्छ । 

२०३६ सालदेखि नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) को पोलिटब्युरो सदस्य थिइन् उनी । २०४२ सालको सत्याग्रह आन्दोलनमा सहाना ६ महिना जेल परेकी थिइन् । 

जन आन्दोलन (२०४६) का बेलामा पनि उनी दुई महिना जति जेल परिन् । जनआन्दोलनको सफलतापछि अन्तरिम सरकारमा उनी उद्योगमन्त्री बनेकी थिइन् । 

उनी २०४८ सालको आमनिर्वाचनमा काठमाडौँ ४ नं. क्षेत्रबाट विजयी बनिन् । सहाना २०५१ को मध्यावधि निर्वाचनमा काठमाडौँ ६ नं. क्षेत्रबाट प्रतिनिधिसभाका लागि निर्वाचित भएकी हुन् । 

उनी अखिल नेपाल महिला सङ्गठनको दुईपटक निर्वाचित अध्यक्ष भइन् । उनी राजनीतिक दलको प्रथम नेपाली महिला संस्थापक अध्यक्ष भइन् । 

यो अवसर उनलाई २०५४ फागुन २१ गते जुरेको हो । तत्कालीन नेकपा एमाले फुटेपछि उनी नेकपा (माले) पार्टीकी संस्थापक अध्यक्ष भएकी थिइन् । 

यसबिच २०५३/५४ मा उनी महिला तथा समाजकल्याणमन्त्री हुन पुगिन् । २०५५ ताका नेकपा (एमाले) मा वैदेशिक मामिलासम्बन्धी प्रमुख भएकी थिइन् उनी । 

दोस्रो  जनआन्दोलन (२०६२/६३) को सफलता पश्चात् बनेको सरकारमा उनले २०६३ चैतदेखि २०६५ वैशाखसम्म उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको दायित्व पनि सम्हालिन् । यसरी उनलाई ‘प्रथम नेपाली महिला परराष्ट्र मन्त्री’ हुने श्रेय समेत प्राप्त भएको छ । 

माले–एमाले पुनः एकीकरणपछि २०५८ फागुन ३१ गते नेकपा एमालेको स्थायी समिति सदस्य भएकी थिइन् उनी । २०५९ माघ २३/२४ गते जनकपुरमा आयोजित नेकपा (एमाले) को सातौँ सम्मेलनबाट उनी केन्द्रीय समिति सदस्य निर्वाचित भएकी हुन् ।

झन्डै चार वर्ष जति घरमै उपचार भइरहेको थियो ।  काठमाडौँ, बल्खुस्थित वयोधा अस्पतालमा पछिल्लो केही महिनादेखि उपचार भइरहेकामा २०७१ असोज ०६ गते सोमवार उनको निधन हुन पुग्यो ।

उनले ‘बेइजिङ सम्मेलन’ मा नेपाली महिला प्रमण्डलको नेतृत्व गरेकी थिइन् । सहानाले देश, विदेशका विभिन्न सम्मेलन, गोष्ठीहरूमा महिलाका हक, हितबारे आवाज बुलन्द बनाउँदै आएकी थिइन् ।

दोस्रो विश्वयुद्ध, भारत छोडो आन्दोलन, चिनिया आन्दोलन जस्ता अन्तर्राष्ट्रिय जगत्मा देखिएका परिवर्तनका लहरले आफूलाई पनि प्रभावित तुल्याई राजनीतिक क्षेत्रतर्फ डोर्‍याएको सहानाको भनाइ छ । यहाँ महिला सहभागिताको कुरो निकै गरिन्छ । 

तर कुरो मात्रै धेरै गरिन्छ र पछि हट्ने प्रवृत्ति रहेको छ । सरकारले, पार्टीले त्यही भन्छन्, तर भन्छन् केही र गर्छन् केही । 

यो यहाँको परिपाटी बनेको छ । विश्वकै आवाज भएकाले यहाँ पनि महिला सहभागिताको कुरो उठाइन्छ तर गर्ने बेलामा चाहिँ अत्तो थापी काम नगर्ने प्रवृत्ति रहेका सम्बन्धमा उनको थप भनाइ छ– 

‘बोलेर मात्र हुँदैन, अनि कोही एक, दुई जना मात्रै अघि बढेर पनि हुँदैन । धेरै ठाउँमा उच्चस्तरमै महिलाहरू पुग्नुपर्छ ।’

जीवनको उत्तराद्र्धमा नेतृ सहानालाई रोगले निकै गाल्यो । वृद्धावस्था, त्यसमाथि लामो समयसम्म मस्तिष्कघात र छातीको सङ्क्रमणले थला परेकी थिइन् उनी । 

झन्डै चार वर्ष जति घरमै उपचार भइरहेको थियो ।  काठमाडौँ, बल्खुस्थित वयोधा अस्पतालमा पछिल्लो केही महिनादेखि उपचार भइरहेकामा २०७१ असोज ०६ गते सोमवार उनको निधन हुन पुग्यो ।

८८ वर्षीया सहानाको निधनबाट मुलुकको राजनीतिक इतिहासमा एउटा अध्यायको पटाक्षेप भएको छ । नेतृ सहाना प्रधानको आत्मकथात्मक कृति ‘स्मृतिका आँखीझ्यालबाट’ यतिखेर स्मरणीय बनेको छ ।

उनले विभिन्न पुरस्कार प्राप्त गरेकी थिइन् ।  उनको सम्मानमा हुलाक टिकट पनि प्रकाशित छ । 

नेपालको राजनीतिक, सामाजिक, शैक्षिक आन्दोलनमा सहाना अविस्मरणीय व्यक्तित्व हुन् । १०४ वर्षे राणाशासन, ३० वर्षे निर्दलीय पञ्चायत व्यवस्थाविरुद्ध सङ्घर्ष गर्दै आएकी सहानाले पहिलो तथा दोस्रो दुवै जनान्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । महिला शिक्षा लगायतका विषयमा उनले छाडेका पदचिह्न न केवल प्रशंसनीय, अपितु अनुकरणीय छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप