क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
सारांश
- कास्कीको मादी गाउँपालिकाले क्होंला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।
- गाउँपालिकाले क्होंलासोंथरको विकासका लागि नेपाल सरकारलाई पत्राचार गर्ने र बजेट विनियोजन गर्ने निर्णय गरेको छ।
- क्होंलासोंथर गुरुङ जातिको उद्गमस्थल भएको र यसलाई अध्ययन केन्द्र बनाउनुपर्ने माग गरिएको छ, साथै पूर्वाधार विकासको योजना पनि बनाइएको छ।
पोखरा । कास्कीको मादी गाउँपालिकाले क्होंला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय गरेको छ । पालिकाको ४४ औँ कार्यपालिका बैठक क्होंलासोंथरमा बसेर विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय गरेको हो ।
क्होंलासोंथर राष्ट्रिय सम्पत्ति भएकोले यसको विकासमा माथिल्ला सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत बैठकले गरेको पालिका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
‘क्होंलासोंथर नेपालको मात्रै सम्पत्ति होइन । अन्तर्राष्ट्रिय सम्पदा हो,’ उनले भने, ‘विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय हाम्रो बैठकले गरेको छ ।’
विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पालिकाले नेपाल सरकारलाई पत्राचार गर्ने निर्णय गरेको उनले सुनाए । क्वहोंलासोंथर गुरुङ जातिको थातथलो र उद्गमस्थल भएकोले विश्वले क्होंलासोंथरलाई अध्ययन केन्द्र बनाउनुपर्ने मादीको माग छ ।
योसँगै आर्थिक वर्ष २०८२/८३ को बजेटमा पालिकाले पर्याप्त रकम विनियोजन गर्ने र भग्नावशेषहरूलाई संरक्षण गर्ने निर्णय गरेको छ । क्होंलासोंथरमा हेलिप्याड निर्माण गर्ने, साइनबोर्ड र नक्साहरू व्यवस्थित गर्न कार्यपालिका सहमत भएको वडा नम्बर २ का अध्यक्ष तथा प्रवक्ता भोजबहादुर गुरुङले बताए ।
क्होंलासोंथरबाट च्योम्स्यो–ङारा जाने बाटो निर्माण, घोडेटो संरक्षण र पर्यटकीय पदमार्गको विकास गर्ने निर्णयसमेत भएको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण