त्रिशूलीमा नुहाउन जाँदा बेपत्ता भएका दुई बालिका मृत फेला
शनिबार, ०३ जेठ २०८२, १८ : ४४
काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौंडेबाट बेपत्ता भएका दुई जना बालिका मृत अवस्थामा भेटिएका छन् । वैशाख ३० मा त्रिशूलीमा नुहाउन गएका ११ वर्षीया जेनी ढङ्गोल र ११ वर्षीया सदीक्षा राई नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सदीक्षा राईको शव धादिङको सिद्धलेक गाउँपालिका–७ स्थित आदमघाटमा बिहीबार फेला परेको थियो । शनिवार धादिङको गल्छी स्थित त्रिशूलीको किनारमा जेनीको शव फेला परेको नुवाकोटका एसपी दुर्गा रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण