बेंगलुरु र कोलकाताबिचको खेल वर्षाका कारण ढिलाइ
शनिबार, ०३ जेठ २०८२, १९ : २२
बेंगलुरु । रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्स बिच शनिबार खेलिन लागेको आईपीएल खेल वर्षाका कारण ढिलाइ भएको छ। खेल साँझ ७:४५ बजे एम चिन्नास्वामी रंगशालामा खेलिने तय गरिएको थियो । तर वर्षाका कारण टस समेत हुन सकेको छैन ।
दुवै टोली सिजनमा दोस्रो पटक आमनेसामने हुनेछन्। यस सिजनको पहिलो खेलमा बेंगलुरुले कोलकातालाई ७ विकेटले पराजित गरेको थियो।
अंक तालिकामा दोस्रो स्थानमा रहेको बेंगलुरु नकआउटमा आफ्नो स्थिति बलियो बनाउन चाहन्छ। टोलीको ११ खेलमा ८ जितसहित १६ अंक छ। शीर्ष स्थानमा रहेको गुजरातले पनि उही संख्यामा खेल जितेको भए पनि यसको नेट रन रेट बेंगलुरुभन्दा अलि राम्रो छ।
यसैबिच, १२ मध्ये ६ खेल हारेको कोलकाताको लागि, प्लेअफको हिसाबले यो खेल गर या मरको स्थिति हो। यदि टोली हारेमा आधिकारिक रूपमा प्लेअफ दौडबाट बाहिरिने चौथो टोली बन्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा इन्धन सस्तो भएन, सरकारले उपभोक्तामाथि अन्याय गर्यो’
-
कस्तो मौद्रिक नीति चाहन्छन् उद्योगी–व्यवसायी ?
-
५ लाख ‘ड्रोन योद्धा’ तयार गर्दै दक्षिण कोरिया
-
सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह : २ हजार ४ सय ८९ विद्यार्थी दीक्षित
-
काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु, भारतीय विश्वविद्यालयबारे एकै थलोमा जानकारी
-
कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण