बेंगलुरु र कोलकाताबिचको खेल वर्षाका कारण ढिलाइ
शनिबार, ०३ जेठ २०८२, १९ : २२

बेंगलुरु । रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्स बिच शनिबार खेलिन लागेको आईपीएल खेल वर्षाका कारण ढिलाइ भएको छ। खेल साँझ ७:४५ बजे एम चिन्नास्वामी रंगशालामा खेलिने तय गरिएको थियो । तर वर्षाका कारण टस समेत हुन सकेको छैन ।
दुवै टोली सिजनमा दोस्रो पटक आमनेसामने हुनेछन्। यस सिजनको पहिलो खेलमा बेंगलुरुले कोलकातालाई ७ विकेटले पराजित गरेको थियो।
अंक तालिकामा दोस्रो स्थानमा रहेको बेंगलुरु नकआउटमा आफ्नो स्थिति बलियो बनाउन चाहन्छ। टोलीको ११ खेलमा ८ जितसहित १६ अंक छ। शीर्ष स्थानमा रहेको गुजरातले पनि उही संख्यामा खेल जितेको भए पनि यसको नेट रन रेट बेंगलुरुभन्दा अलि राम्रो छ।
यसैबिच, १२ मध्ये ६ खेल हारेको कोलकाताको लागि, प्लेअफको हिसाबले यो खेल गर या मरको स्थिति हो। यदि टोली हारेमा आधिकारिक रूपमा प्लेअफ दौडबाट बाहिरिने चौथो टोली बन्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु