बागमतीका तत्कालीन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरत थापाविरुद्ध विशेष अदालत सहित जिल्ला अदालतमा गरी भ्रष्टाचारको चौथो मुद्धा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार थापासहित तत्कालीन मधेश प्रदेशका अर्थमन्त्री विजय यादवलगायत ८ जनाविरूद्ध सरकारी सम्पत्ति दुरुपयोग गराइ भ्रष्टाचार गराएको कसुरमा मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते फरक फरक अभियोग पत्र दायर गर्दै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेकोमा बिहीबार सर्लाही जिल्ला अदालतमा पुनः तेस्रो मुद्दा दायर गरेको थियो ।
थापा र यादवसहित अख्तियारले तत्कालिन उपप्रमुख लिलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना प्रमुख इन्जिनियर निरञ्जन लामिछाने र सागर पौडेल, लेखा अधिकृत विश्वास पोखरेल, मधेश प्रदेश सरकारका तत्कालिन कानुन अधिकृत गोकुल भुजेललाई प्रतिवादी बनाएको छ ।
अर्थ मन्त्रालयको अनुदानमा नगरपालिकाको ४ र १२ नम्वर वडामा बागमती माछापोखरी निर्माणको निर्णय स्वीकृत गर्दा मिलेमतोमा ५६ करोड ७१ लाख भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ ।
उनीहरूविरुद्ध अख्तियारले ५६ करोड ७० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
-
'यदुवंशीनगर' विवादमा अन्तरिम आदेश अस्वीकार, सर्वोच्चले मुद्दालाई दियो अग्राधिकार
-
दशौँ राष्ट्रिय खेलकुद कहिले ? पटक–पटक मिति सार्दा बढ्दै छ अन्योल
-
केप भर्डेका काब्रलले गरेको गोल फिफा विश्वकप-२०२६ को उत्कृष्ट गोल घोषित
-
सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण