अदालत
महिमानसिंह विष्टलाई १ लाख धरौटीमा छाड्न आदेश
सोमबार, ०५ जेठ २०८२, १७ : ००

समाचार सारांश
- सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
- विष्टलाई नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेखेको आरोप लागेको थियो।
काठमाडौँ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनलाई धरौटीमा छाड्न आदेश गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ परेका थिए । उनीविरुद्ध प्रहरीले लिखत किर्ते कसुरमा अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री पत्नी शाक्यले भनिन्, ‘म राजनीतिमा आउदिनँ’
-
प्रचण्डपछि पार्टी कसरी चल्छ भन्ने बहस निरर्थक, उत्तराधिकारीको श्रृंखला तयार छ : वर्षमान पुन
-
लागूऔषध सहित तीन जना पक्राउ
-
गगन थापाले भने, ‘कांग्रेसभित्र अहिले उकुसमुकुस छ’
-
सर्लाहीमा बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु, ८ जना घाइते
-
शक्तिको दुरूपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य