लागूऔषध सहित प्याराग्लाइडिङ, प्रहरीले गर्यो छड्के चेक

पोखरा । पोखरा प्याराग्लाइडिङका लागि प्रख्यात छ । पोखरा आएका धेरै पर्यटकको रोजाइ बन्छ, प्याराग्लाइडिङ । तर प्याराग्लाइडिङ उडाउने केही पाइलटहरु भने यात्रुप्रति जिम्मेवार देखिएका छैनन् ।
सोमबार कास्की प्रहरी र वडा प्रहरी कार्यालय बैदामले चेकजाँच गर्ने क्रममा एकजना पाइलटले मादक पदार्थ र लागूऔषध प्रयोग गरेको भेटिएको हो ।
प्रहरीले छड्के चेक गर्दा लागू पदार्थ सेवन र मादक पदार्थ सेवन गरेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । उनका अनुसार लागु औषध सेवन गर्नेलाई नियन्त्रणमा लिएर प्रक्रिया अघि बढाइएको छ । सोमबार सराङकोटको प्याराग्लाइडिङ उडान भर्ने ठाउँमा छड्के चेक गरिएको हो ।
३९ जना पाइलटको मापसे र १५ जनाको लापसे चेक गरिएको प्रहरीले जनाएको छ । कास्की प्रहरीले यसअघि पनि विभिन्न समयमा लापसे र मापसे चेक गर्दै आएको छ । यस्तै, फेवातालमा डुंगा चालकको पनि मापसे र लापसे चेक गर्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘सशस्त्र प्रहरीलाई अर्धसैनिक बलकै रूपमा लैजानुपर्छ’
-
सुशील र अञ्जनाको ‘परिवर्तन’ झापाबाट सुरु
-
ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र
-
‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची