बागमती सफाइ महाअभियान १३ औँ वर्ष प्रवेश
सारांश
- बागमती सफाइ महाअभियान १२ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको छ ।
- बेलायतको थेम्स नदी र बागमती नदीलाई भगिनी नदीका रूपमा घोषणा गरिने, जेठ १८ गते टेकु दोभानमा कार्यक्रम हुनेछ।
काठमाडौँ । बागमती सफाइ महाअभियान सुरु भएको १२ वर्ष पूरा भई १३औँ वर्षमा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । यस अवसरमा आज काठमाडौँ महानगरपालिका–३२ र ९ को वाग्मती किनारमा सरसफाइ एवं १३ वटा रुद्राक्षको बिरुवा रोपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
उनका अनुसार वाग्मती सफाइ महाअभियान १३औँ वर्ष प्रवेश गरेका अवसरमा यही जेठ १७ गते शनिवार विशेष कार्यक्रम गर्न लागिएको छ । वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गरी नेपालको पूर्वदेखि सुदूरपश्चिम महाकाली, हिमाल, पहाड एवं तराईका विभिन्न स्थानमा १३ हजार बिरुवा रोप्ने कार्यक्रम तय गरिएको पनि महाअभियानले जनाएको छ ।
नदी संरक्षण अभियानकर्मी मेघ आलेको पहलमा बेलायतको थेम्स नदी र बागमती नदीलाई भगिनी नदीका रूपमा घोषणा गरिने भएको छ । दुई नदीबीच मित्रताको सम्बन्धमा जोड्न जेठ १८ गते आइतबार टेकु दोभानमा सिथी नख पर्वको दिन पारेर कार्यक्रम राखिएको छ ।
सफाइ महाअभियान १३औँ वर्ष प्रवेशको कार्यक्रममा कलाकारद्वय दीपकराज गिरि, दिपाश्री निरौला, कामनपा–९ का अध्यक्ष रामजी भण्डारी, कामनपा–११ का अध्यक्ष हिरालाल तन्डुकार, कामनपा–९ का वडा सदस्य टेकराज अधिकारीलगायत जनप्रतिनिधिसहित सफाइ अभियानकर्मीको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण