मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

विश्व पौडेललाई गभर्नर नबनाउन दायर रिट दरपिठविरुद्धको निवेदन न्यायाधीश मल्लको इजलासमा

मङ्गलबार, ०६ जेठ २०८२, १० : ५६
मङ्गलबार, ०६ जेठ २०८२

काठमाडौँ । अर्थशास्त्री डा विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित सर्वोच्च अदालत पुगेको रिट दरपिठविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले इजलासमा निवेदन पेस गरेका छन् ।

उक्त निवेदनमाथि आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुँदै छ । पौडेललाई गभर्नर नबनाउन मागसहितको रिट सर्वोच्च अदालत पुगेकामा प्रशासनले गत शुक्रबार दरपिठ गरिदिएको थियो । 

दरपिठको निर्णय बदर हुनुपर्ने मागसहित अधिवक्ताहरूले सोमबार इजलासमा निवेदन पेस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप