बढ्यो फिल्म निर्माण, कुन–कुनले लिए वैशाखमा इजाजत ?

समाचार सारांश
- वर्ष २०८२ को वैशाखमा अघिल्लो महिनाको तुलनामा १२.५ प्रतिशतले फिल्म निर्माण बढेको छ।
- गत वर्षको वैशाखको तुलनामा यो वैशाखमा फिल्म निर्माण ३८.४६ प्रतिशतले वृद्धि भएको देखिन्छ।
- वैशाखमा 'प्रवासी जीवन' पहिलो र 'काठमाण्डु कोरिडोर' अन्तिम निर्माण इजाजत लिने फिल्म हुन्, अन्य विभिन्न फिल्महरू पनि निर्माण हुँदैछन्।
काठमाडौँ । वर्ष २०८२ को सुरुवातै फिल्म निर्माण बढेको छ । चलचित्र विकास बोर्डको तत्थ्याङ्कअनुसार यो वर्षको वैशाखमा अघिल्लो महिनाको तुलनामा १२.५ प्रतिशतले फिल्म निर्माण बढेको देखिएको हो । अघिल्लो महिना (२०८१ चैत) मा बोर्डमा फिल्म दर्तासहित निर्माण इजाजत लिनेको संख्या १६ थियो । यो वैशाखमा भने १८ वटा छन् ।
गत वर्षको वैशाखको तुलनामा भने यो वैशाखमा फिल्म निर्माण ३८.४६ प्रतिशतले बढेको देखिन्छ । २०८१ वैशाखमा बोर्डबाट जम्मा १३ फिल्मले दर्तासहित निर्माण इजाजत लिएका थिए । नेपालमा फिल्म निर्माणपूर्व बोर्डमा दर्ता गरेर निर्माण इजाजत पत्र लिनैपर्ने प्रावधान छ ।
वैशाखमा निर्माण इजाजत लिने पहिलो फिल्म नेशनल मिडिया प्रोडक्सनको ‘प्रवासी जीवन’ रहेको छ भने अन्तिम इजाजत लिने फिल्म मिराज मोशन फिक्चर्स प्रालिको ‘काठमाण्डु कोरिडोर’ रहेको छ ।
वैशाखमै निर्माण इजाजत लिने अन्य फिल्ममा ‘अग्नि परीक्षा’, ‘कस्तुरी’, ‘तिमी नै’, ‘अघोरी बाबा’, ‘गुरु’, ‘दुई किनारा’, ‘चोखो पानी’, ‘जेनेरेशन (बाउ भर्सेस छोरा)’, ‘द ब्लु लाइट’, ‘गुड लक भैरे’, ‘किन लाग्छ माया’, ‘सिद्धार्थ’, ‘बुद्ध हुनुअघि’, ‘लुजर्स’, ‘आ बाट आमा’, ‘महाकाव्य’ र ‘लेखान्त’ रहेका छन् ।
- क–कसले बनाउँदैछन् फिल्म ?
वैशाखमा नयाँ फिल्म निर्माण अनुमति पाउनेमा नयाँदेखि पुरानासम्मका निर्माता छन् । कोही त निर्देशनमा डेब्युसमेत गर्दैछन् । कलाकारको अवस्था पनि त्यस्तै छ ।
‘प्रवासी जीवन’ रविन आचार्यले बनाउन लागेको फिल्म हो । जसलाई श्याम क्षेत्री र राम अधिकारीले निर्देशन गर्दैछन् । फिल्ममा श्याम क्षेत्री र एन्जिला बस्नेत कलकार तय भएका छन् । ‘अग्नि परीक्षा’ उत्तम प्रसाद अधिकारीले बनाउन लागेका हुन् । उत्तमले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लाग्दै छन् । फिल्ममा ध्रुवराज पराजुली, यडबिका अधिकारी फाइनल कलाकार हुन् ।
‘कस्तुरी’का निर्माता धिरज कुमार अग्रवाल, निर्देशक खड्का बोहरा छन् । कलाकारमा वर्षा सिवाकोटी र शेखर कुमार चापागाई, ‘तिमी नै’का निर्माता, निर्देशक उदय सुब्बा र कलाकार सुम्निमा देवान, विनोद मगर, राजेशलगायत रहेका छन् ।
अघिल्लो वर्षको हिट फिल्म‘होस्टेल ३’का निर्देशक सशान कँडेल नयाँ फिल्म ‘जेनेरेसन ः बाउ भर्सेस छोरा’ बनाउँदै छन् । सन्तोष कँडेल निर्माता रहेको फिल्ममा पदम तामाङ र सन्तोष बानियाँ कलाकारका रूपमा फाइनल भएका छन् ।
निर्देशक चन्द्र पन्तले दुई नयाँ फिल्म बनाउँदैछन् । उनले बनाउन लागेको फिल्म ‘गुरु’ र ‘आ बाट आमा’ गत वर्ष अभिनेत्री नीता ढुङ्गानाको ‘ह्रस्व दीर्घ’ निर्देशन गरेका पन्तको ‘गुरु’ ध्रुवप्रसाद न्यौपानेले निर्माण गर्न लागेका हुन् । त्यस्तै ‘आ बाट आमा’को निर्माण ओमकार पन्तले गर्दैछन् । ‘गुरु’ मा कमला अधिकारी, कृष्ण प्रसाद न्यौपानेको अभिनय र ‘आ बाट आमा’मा क्रिस्मत सिंह र विपना थापाको अभिनय छ ।
हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ निर्माण ब्यानर सेभेन सिजन सिनेमाज प्रालिका विनोद पौडेलले आफ्नो निर्देशन र निर्माणमा फिल्म ‘दुई किनारा’ बनाउन लागेका छन् । फिल्मका कलाकारमा दिपेश मग्राती, रमेश प्रसाद चौलागाई छन् ।
त्यस्तै पुराना निर्देशक एभरेस्ट सूर्य बोहराले ‘गुड लक भैरे’ निर्देशन र निर्माण गर्दैछन् । उनको फिल्ममा धनकुमारी श्रेष्ठ, सुदिप कुँवर कलाकारका रूपमा रहनेछन् ।
एक्सन किङ शिव श्रेष्ठले फिल्म ‘सिद्धार्थ’ निर्देशन गर्दैछन् । बुद्ध हुनुअघिको कथा समेटिने बताइउको फिल्ममा उनी र आङ्दावा शेर्पा निश्चित भइसके । हालै फिल्म ‘माग्ने राजा’को छायांकन सकाएका निर्देशक ऋषि लामिछानेले फिल्म ‘लेखान्त’ बनाउने भएका छन् । फिल्ममा स्मारिका ढकाल, रामशरण उप्रेती, कैलाश रावल कलाकार तय छन् ।
चलेका कलाकार अर्पण थापा र सृष्टि श्रेष्ठलाई लिएर बलिराम महतोले फिल्म ‘द ब्लु लाइट’ बनाउँदै छन् । फिल्म कविता कुमारी यादवले बनाउन लागेकी हुन् । फिल्म ‘काठमाण्डु कोरिडोर’ पनि निर्माण हुँदैछ । सुरज कटुवालले निर्देशन गर्न लागेको फिल्ममा अञ्जसा रिजाल र शान्तिदूत पाण्डे कलाकार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल
-
मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
-
पाँचौँ पटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा
-
विकास माग्दै मुगुका राजनीतिक दलले बुझाए नेता ज्ञवालीलाई ज्ञापन पत्र
-
लेखा समितिका तीन एजेन्डाले देखाएको गन्जागोल
-
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको प्रवेशमा ट्रम्प प्रशासनले लगायो प्रतिबन्ध