जेठ १५ गतेदेखि आन्दोलन गर्न लागेका राजावादीले एकाएक किन स्थगित गरे तीन दिने अभियान ?
सारांश
- राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ ८ देखि ११ गतेसम्म काठमाडौँ उपत्यकामा गर्ने भनेको जनजागरण अभियान स्थगित गरेको छ।
- समितिका अनुसार, जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनको आन्तरिक तयारीका कारण अभियान स्थगित गरिएको हो।
- राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले राप्रपासहित जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्।
काठमाडौँ । वर्तमान व्यवस्था विरोधी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले तय गरेको तीन दिने जनजागरण अभियान एकाएक स्थगित गरिएको छ । बिहीबारदेखि सुरु गर्ने भनिएको धार्मिक तथा जनजागरण अभियान बुधबार एक सूचनामार्फत स्थगित भएको जानकारी गराइएको हो ।
जेठ ११ गतेसम्म हुने भनिएको अभियान काठमाडौँ उपत्यकाकाको काँठ क्षेत्रमा हुने भनिएको थियो ।
तर बुधबार संयोजक नवराज सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, ‘जेठ ८ देखि ११ गतेसम्मलाई काठमाडौँ उपत्यकामा तय भएको धार्मिक तथा जनजागरण अभियान विशेष कारणवश स्थगित गरिएको छ । यस सम्बन्धमा अर्को सूचना हुनेछ ।’
आन्दोलन समिति मातहतको निर्देशक समितिकी सदस्य अस्मिता भण्डारीले जेठ १५ देखि हुने आन्दोलनको आन्तरिक तयारी गर्नुपर्ने भएकाले पूर्वनिर्धारित अभियान स्थगन गरिएको बताइन् । ‘आन्तरिक तयारी गर्नुपर्ने भएकाले स्थगित गरिएको छ । यसबाहेक अर्को कारण छैन’, उनले बिहीबार रातोपाटीसँग भनिन् ।
राजसंस्था पुनर्स्थापना गर्ने भन्दै राजावादी समूहले जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको यसअघि नै घोषणा गरिसकेका छन् । उक्त आन्दोलनमा राजावादी प्रमुख पार्टी राप्रपाको समेत साथ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण