जेठ १५ गतेदेखि आन्दोलन गर्न लागेका राजावादीले एकाएक किन स्थगित गरे तीन दिने अभियान ?

समाचार सारांश
- राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ ८ देखि ११ गतेसम्म काठमाडौँ उपत्यकामा गर्ने भनेको जनजागरण अभियान स्थगित गरेको छ।
- समितिका अनुसार, जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनको आन्तरिक तयारीका कारण अभियान स्थगित गरिएको हो।
- राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले राप्रपासहित जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्।
काठमाडौँ । वर्तमान व्यवस्था विरोधी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले तय गरेको तीन दिने जनजागरण अभियान एकाएक स्थगित गरिएको छ । बिहीबारदेखि सुरु गर्ने भनिएको धार्मिक तथा जनजागरण अभियान बुधबार एक सूचनामार्फत स्थगित भएको जानकारी गराइएको हो ।
जेठ ११ गतेसम्म हुने भनिएको अभियान काठमाडौँ उपत्यकाकाको काँठ क्षेत्रमा हुने भनिएको थियो ।
तर बुधबार संयोजक नवराज सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, ‘जेठ ८ देखि ११ गतेसम्मलाई काठमाडौँ उपत्यकामा तय भएको धार्मिक तथा जनजागरण अभियान विशेष कारणवश स्थगित गरिएको छ । यस सम्बन्धमा अर्को सूचना हुनेछ ।’
आन्दोलन समिति मातहतको निर्देशक समितिकी सदस्य अस्मिता भण्डारीले जेठ १५ देखि हुने आन्दोलनको आन्तरिक तयारी गर्नुपर्ने भएकाले पूर्वनिर्धारित अभियान स्थगन गरिएको बताइन् । ‘आन्तरिक तयारी गर्नुपर्ने भएकाले स्थगित गरिएको छ । यसबाहेक अर्को कारण छैन’, उनले बिहीबार रातोपाटीसँग भनिन् ।
राजसंस्था पुनर्स्थापना गर्ने भन्दै राजावादी समूहले जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको यसअघि नै घोषणा गरिसकेका छन् । उक्त आन्दोलनमा राजावादी प्रमुख पार्टी राप्रपाको समेत साथ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली क्यापिटल्सको नामसँग जोडियो नचाहेको यो कीर्तिमान
-
लेखा समितिका ४८ उजुरी छानबिन गर्ने कार्यदलको म्याद एक महिना थपियो
-
सिल्करोड फोरमले नेपाललाई आर्थिक रूपमा सशक्त बनाउन मद्दत गर्दछ : तिमिल्सिना
-
विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउन नेतान्याहुको आदेश
-
सुनिल नारिनको कीर्तिमान तोडे जसप्रित बुमराहले
-
बागलुङका पाँच पालिका पूर्णखोप सुनिश्चित घोषणा