पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो
बिहीबार, ०८ जेठ २०८२, ११ : ०२
सारांश
- खोटाङको सगरमाथा लोकमार्ग अन्तर्गत फोक्सिङटारमा रहेको अस्थायी बेलिब्रिज हटाइएकाे छ।
- पक्की पुल बाढीले बगाएपछि बनाइएको बेलिब्रिज नदीमा पानीको सतह बढेपछि हटाइएको हो।
- बेलिब्रिज हटेपछि धरान, विराटनगर लगायतका स्थानमा आवतजावत गर्न समस्या भएको छ।
खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटार भएर बग्ने सुनकोसी नदी तर्न जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो ।
नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । सडक विभागले रु एक करोड दुई लाखमा बेलिब्रिज जडान तथा झिक्न निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।
बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा आउजाउ गर्न कठिन भएको छ भने ती स्थानमा पुग्न दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने भएको छ । यो वैकल्पिक बाटो यात्राका निम्ति कठिन, लामो र साँघुरो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण