पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो
बिहीबार, ०८ जेठ २०८२, ११ : ०२

समाचार सारांश
- खोटाङको सगरमाथा लोकमार्ग अन्तर्गत फोक्सिङटारमा रहेको अस्थायी बेलिब्रिज हटाइएकाे छ।
- पक्की पुल बाढीले बगाएपछि बनाइएको बेलिब्रिज नदीमा पानीको सतह बढेपछि हटाइएको हो।
- बेलिब्रिज हटेपछि धरान, विराटनगर लगायतका स्थानमा आवतजावत गर्न समस्या भएको छ।
खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटार भएर बग्ने सुनकोसी नदी तर्न जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो ।
नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । सडक विभागले रु एक करोड दुई लाखमा बेलिब्रिज जडान तथा झिक्न निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।
बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा आउजाउ गर्न कठिन भएको छ भने ती स्थानमा पुग्न दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने भएको छ । यो वैकल्पिक बाटो यात्राका निम्ति कठिन, लामो र साँघुरो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय उच्चायोगका एक कर्मचारीलाई पाकिस्तानले दियो देश छोड्न आदेश
-
माओवादीसँग एकता गर्ने विषयमा महिन्द्र नेतृत्वको नेसपामा विवाद
-
नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
-
कर्मचारीका कारण सरकारको 'पर्फमेन्स'माथि असर पर्यो : मुख्यमन्त्री सिंह
-
साढे दुई अर्बको सिमेन्ट भारतमा निर्यात
-
बाबुरामबारे प्रचण्डको टिप्पणी– कस्तो बुद्धि नभएको डाक्टर ?