किम जोङ उनको आँखै सामु ५ हजार टनको युद्धपोत डुबेपछि...
प्योङयाङ । उत्तर कोरियामा युद्धपोत लन्च गर्ने क्रममा भयानक दुर्घटना भएको छ । उक्त समारोहमा किम जोङ उन पनि थिए । किमकै सामु डुबेको युद्धपोत ५ हजार टनको थियो ।
लन्च गर्ने समयमा युद्धपोतमा प्राविधिक समस्या उत्पन्न हुन थालेको र समारोह चलिरहँदा केही समयमै ठुलो दुर्घटना भएको बताइएको छ । यो घटनापछि उक्त कार्यक्रममा उपस्थित मानिसहरू डराए ।
दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको जानकारी आएको छैन । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार किम जोङ उनले सम्पूर्ण घटनालाई आपराधिक कार्य भनेका छन् ।
बुधबार चोङजिन शहरको पूर्वी बन्दरगाहमा नयाँ ५ हजार टनको युद्धपोतको प्रक्षेपण समारोहमा ठुलो दुर्घटना भएको भन्दै कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए)ले बिहीबार समाचारमा भनेको छ । केसीएनएका अनुसार युद्धपोत मुनिका केही भागहरू दुर्घटनाग्रस्त भएका थिए, जसले गर्दा युद्धपोतको सन्तुलन बिग्रियो । यो सम्पूर्ण घटना किम जोङ उनको अगाडि भएको थियो ।
किमले अनुभवहीन कमान्ड र सञ्चालन लापरबाहीको दोष लगाउँदै दुर्घटनालाई आपराधिक कार्य भनेका छन् । साथै उनले यो अपराध सहन नसकिने चेतावनी पनि दिएका छन् ।
अर्को महिना पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा यसबारे छलफल गरिने उनले भनेका छन् । गत महिना मात्र उत्तर कोरियाले चो ह्योन नामक ५ हजार टन क्षमताको युद्धपोत जहाज अनावरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण