शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय
फोटो फिचर

बर्खा नलाग्दै बीपी राजमार्गको यो हालत (तस्बिरहरू)

शुक्रबार, ०९ जेठ २०८२, ०८ : ३६
शुक्रबार, ०९ जेठ २०८२

काठमाडौँ । गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग अझै पुनर्निर्माण भएको छैन । अहिले पनि पानी पर्ने बित्तिकै सडकको बेहाल हुने गरेको छ । प्रिमनसुनकै समयमा यात्रुहरू ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

बीपी राजमार्गको कटुन्जेदेखि बर्खे खोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रूपमा ध्वस्त भएको छ । बेला बेला सडक पूर्ण रूपमा अवरुद्ध हुने गर्छ । खुलेको बेला पनि सवारीसाधनलाई बाटो पार गर्न निकै हम्मे पर्छ ।

गत वर्ष असोजको बाढीले सडक पूरै बगाएपछि अस्थायी बाटो बनाइएको छ । खोलामा बाढी आउँदा बाटोसम्मे पानी आइपुग्ने गरेको छ । ठाउँ ठाउँमा खोलाले बाटो कटान गरिरहेको अवस्था पनि देखिएको छ ।

असोजमा आएको बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रूपमा बगेको छ । बाँकी खण्डमा पनि धेरै ठाउँमा भत्केको छ ।

पूर्ण रूपमा बर्खा नलाग्दै सडकको यो हालत देखिरहेका यात्रु तथा सवारी चालक मध्य बर्खामा झन् के हालत होला भनेर चिन्तित छन्। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

BP Highway) (2)BP Highway) (3)BP Highway) (4)BP Highway) (5)BP Highway) (6)BP Highway) (7)BP Highway) (8)BP Highway) (9)BP Highway) (10)BP Highway) (11)BP Highway) (12)BP Highway) (13)BP Highway) (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप