गगनसँग छलफलपछि देउवाले बोलाए शीर्ष नेताको बैठक
सारांश
- शेरबहादुर देउवाले महामन्त्री गगन थापासँग छलफल गरे।
- देउवाले पार्टीका शीर्ष नेताहरूलाई ४ बजे बुढानीलकण्ठमा बोलाएका छन्।
- भ्रातृसंस्थाको महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापासँग छलफल गरेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा बिहीबार बिहान महामन्त्री थापासँग भएको छलफल भएको थियो । छलफलपश्चात् आजै अपराह्न ४ बजे पार्टीका शीर्ष नेताहरूलाई देउवाले बुढानीलकण्ठमा बोलाएका छन् ।
काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान सभापति देउवा र महामन्त्री थापाबिच समसामयिक विषयमा देउवा निवास बुढानीलकण्ठमा कुराकानी भएको जानकारी दिए ।
‘बिहान महामन्त्रीज्यूसँग कुराकानी गर्नुभयो । ४ बजे अन्य शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनुभएको छ,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने । उनले शीर्ष नेताबिच समसामयिक राजनीति र पार्टीको आन्तरिक राजनीतिबारे छलफल हुने छ ।
कांग्रेसले १० भ्रातृसंस्थालाई गत चैत मसान्तसम्म महाधिवेशन गर्न अन्तिम अल्टिमेटम फागुन एक गते बसेको पदाधिकारी बैठकबाट दिएको थियो ।
ती मध्य ७ भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन् । ती भ्रातृ संस्थाको तदर्थ समितिलाई खारेज गर्ने कि फेरि म्याद थप्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने नेताहरू बताउँछन् ।
एक पदाधिकारीका अनुसार कांग्रेसले चार भ्रातृसंस्थाको तदर्थ समिति खारेज गर्ने र तीन भ्रातृसंस्थालाई महाधिवेशन गर्न मौका दिने तयारी गरेको जानकारी दिए ।
त्यस्तै केन्द्रीय समिति वा कार्यसम्पादन समिति बैठक बोलाउने बैठकमा पनि छलफल हुने बताइएको छ । त्यससँगै पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारको समीक्षाबारे पनि बैठकमा छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण