युवासंघ महाधिवेशनको तयारी पूरा, पूर्व सन्ध्यामा मार्चपास
सारांश
- राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशनकाे तयारी पुरा भएकाे छद । महाधिवेशन पोखरामा हुँदैछ।
- महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् र १ हजार ८ सय २६ प्रतिनिधि सहभागी हुनेछन्।
पोखरा । राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार, शनिबार र आइतबार पोखरामा हुने महाधिवेशनको आन्तरिक तयारी पूरा भएको पूर्वअध्यक्ष तथा इन्चार्ज राजीव पहारीले जानकारी दिए । उनका अनुसार शुक्रबार अमरसिंह चौरमा उद्घाटन समारोह हुनेछ भने त्यसपछि पोखरा सभागृहमा बन्द सत्र हुनेछ ।
महाधिवेशनको प्रचार प्रसारका लागि बिहीबार मार्च पास आयोजना गरियो । युवा सङ्घ कास्की शाखाको आयोजनामा भएको मार्च पास पोखराको मानवअधिकारी चोकबाट सुरु भएर वीपीचोक, न्युरोड हुँदै पोखरा सभागृहमा समापन गरिएको थियो ।
मार्च पास समापनमा सम्बोधन गर्दै पहारीले प्रतिगामी तत्त्वहरू चलमलाउन खोजेकोले कहिल्यै उठ्न नसक्ने गरी नामेट पार्न युवा सङ्घको पोखरा महाधिवेशनले सन्देश दिनुपर्ने बताए । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
महाधिवेशन ११ गतेभित्रै सम्पन्न गर्ने गरी तयारी भइरहेको पहारीको भनाई छ । ‘युवा आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनका निमित्त महाधिवेशनले सन्देश दिनेछ,’ उनले भने, ‘आजको मार्च पास काष्टिङ मात्रै हो । रियल पिक्चर शुक्रबार प्रदर्शन गर्छौँ ।’ महाधिवेशनमा १ हजार ८ सय २६ प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि पोखरा आउने क्रम सुरु भैसकेको पहारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण