युवासंघ महाधिवेशनको तयारी पूरा, पूर्व सन्ध्यामा मार्चपास

समाचार सारांश
- राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशनकाे तयारी पुरा भएकाे छद । महाधिवेशन पोखरामा हुँदैछ।
- महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् र १ हजार ८ सय २६ प्रतिनिधि सहभागी हुनेछन्।
पोखरा । राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार, शनिबार र आइतबार पोखरामा हुने महाधिवेशनको आन्तरिक तयारी पूरा भएको पूर्वअध्यक्ष तथा इन्चार्ज राजीव पहारीले जानकारी दिए । उनका अनुसार शुक्रबार अमरसिंह चौरमा उद्घाटन समारोह हुनेछ भने त्यसपछि पोखरा सभागृहमा बन्द सत्र हुनेछ ।
महाधिवेशनको प्रचार प्रसारका लागि बिहीबार मार्च पास आयोजना गरियो । युवा सङ्घ कास्की शाखाको आयोजनामा भएको मार्च पास पोखराको मानवअधिकारी चोकबाट सुरु भएर वीपीचोक, न्युरोड हुँदै पोखरा सभागृहमा समापन गरिएको थियो ।
मार्च पास समापनमा सम्बोधन गर्दै पहारीले प्रतिगामी तत्त्वहरू चलमलाउन खोजेकोले कहिल्यै उठ्न नसक्ने गरी नामेट पार्न युवा सङ्घको पोखरा महाधिवेशनले सन्देश दिनुपर्ने बताए । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
महाधिवेशन ११ गतेभित्रै सम्पन्न गर्ने गरी तयारी भइरहेको पहारीको भनाई छ । ‘युवा आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनका निमित्त महाधिवेशनले सन्देश दिनेछ,’ उनले भने, ‘आजको मार्च पास काष्टिङ मात्रै हो । रियल पिक्चर शुक्रबार प्रदर्शन गर्छौँ ।’ महाधिवेशनमा १ हजार ८ सय २६ प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि पोखरा आउने क्रम सुरु भैसकेको पहारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जिबी नभेटेर रवि पक्रेको ?’ भन्ने न्यायाधीशको प्रश्नमा सरकारी वकिलको जवाफ - ‘इट्स टेक टाइम नि श्रीमान्’
-
नागार्जुनमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने
-
बैंकर्स सङ्घका पदाधिकारी नवनियुक्त गभर्नरबिच भेटवार्ता
-
इन्लाइटन इन्टरनेशनल एजुकेसनले ‘टेस्ट प्रिपरेशन बुटक्याम्प ६.०’ गर्दै
-
धितोपत्र बोर्डका पदाधिकारीसँग अख्तियारले लियो बयान
-
होटलमा बोलाएर नग्न फोटो खिच्दै ‘हनी ट्रयाप’, घर र जग्गाको डिमान्ड