तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
बिहीबार, ०८ जेठ २०८२, २२ : ३९

समाचार सारांश
- तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतका एक नागरिक बेपत्ता भएका छन्।
- बेपत्ता हुनेमा भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी रहेका छन्।
- घटनास्थलमा प्रहरीले खोजी कार्य जारी राखेको छ भने उनका साथीहरू सकुशल छन्।
तानसेन । यहाँको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन् । आज दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोला ड्यामसाइडमा भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
उनीसँग चार जना साथी घुम्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए । उनका अनुसार बेपत्ता अन्सारीको खोजी भइरहेको छ । साथीहरु भने सकुशल छन् । यहाँ गर्मी सुरु भएसँगै हरेक वर्ष भारतबाट पर्यटक घुम्न आउने गर्दछन् । गर्मी छल्न यहाँ आउने प्राय पौडी खेल्न तिनाउ खोला जाने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु