तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
बिहीबार, ०८ जेठ २०८२, २२ : ३९
सारांश
- तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतका एक नागरिक बेपत्ता भएका छन्।
- बेपत्ता हुनेमा भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी रहेका छन्।
- घटनास्थलमा प्रहरीले खोजी कार्य जारी राखेको छ भने उनका साथीहरू सकुशल छन्।
तानसेन । यहाँको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन् । आज दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोला ड्यामसाइडमा भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
उनीसँग चार जना साथी घुम्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए । उनका अनुसार बेपत्ता अन्सारीको खोजी भइरहेको छ । साथीहरु भने सकुशल छन् । यहाँ गर्मी सुरु भएसँगै हरेक वर्ष भारतबाट पर्यटक घुम्न आउने गर्दछन् । गर्मी छल्न यहाँ आउने प्राय पौडी खेल्न तिनाउ खोला जाने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण