बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

माओवादीको मध्यपहाडी अभियान गण्डकी प्रवेश

बिहीबार, ०८ जेठ २०८२, १३ : ५०
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • माओवादी केन्द्रको मध्येपहाडी लोकमार्ग केन्द्रित अभियान लुम्बिनीबाट गण्डकी प्रवेश गर्‍यो।
  • बिहीबार बागलुङमा भव्य स्वागत गर्दै टोलीले झन्डै १ साता गण्डकीमा बिताउनेछ ।
  • टोलीले बागलुङ, पोखरा लगायतका स्थानमा कार्यक्रम गर्नेछ र त्यसपछि धादिङ जानेछ।

पोखरा । नेकपा माओवादी केन्द्रको मध्येपहाडी लोकमार्ग केन्द्रित अभियान लुम्बिनीबाट गण्डकी  प्रवेश गरेकाे छ । बिहीबार पूर्वी रुकुमबाट बागलुङ प्रवेश गरेको टोलीलाई भव्य स्वागत गरिएको छ । माओवादी गण्डकीका नेता कार्यकर्ताहरु अहिले बागलुङमा केन्द्रित भएका छन् । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टिमलाई बाजागाजा सहित बागलुङबाट गण्डकी प्रवेश गराइएको प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । जागरण अभियान अन्तर्गत गण्डकी प्रवेश गरेको टोलीले झन्डै १ साता गण्डकीमा बिताउने छ । 

बिहीबार बुर्तिबाङ र गल्कोटमा जागरण अभियान कार्यक्रम हुँदैछ । उक्त टोली आज ताराखोलामा बास बस्नेछ भने शुक्रबार बागलुङ बजार हुँदै कुश्मामा विशेष कार्यक्रम हुनेछ । शुक्रबार उक्त टोली पोखरा आएर बस्नेछ । पोखरामा शनिबार प्रदेशस्तरीय विशेषसभा आयोजना गरिएको प्रदेश अध्यक्ष गुरुङले बताइन् । त्यसपछि लमजुङ, गोरखा हुँदै टोली धादिङतिर लाग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप