माओवादीको मध्यपहाडी अभियान गण्डकी प्रवेश
सारांश
- माओवादी केन्द्रको मध्येपहाडी लोकमार्ग केन्द्रित अभियान लुम्बिनीबाट गण्डकी प्रवेश गर्यो।
- बिहीबार बागलुङमा भव्य स्वागत गर्दै टोलीले झन्डै १ साता गण्डकीमा बिताउनेछ ।
- टोलीले बागलुङ, पोखरा लगायतका स्थानमा कार्यक्रम गर्नेछ र त्यसपछि धादिङ जानेछ।
पोखरा । नेकपा माओवादी केन्द्रको मध्येपहाडी लोकमार्ग केन्द्रित अभियान लुम्बिनीबाट गण्डकी प्रवेश गरेकाे छ । बिहीबार पूर्वी रुकुमबाट बागलुङ प्रवेश गरेको टोलीलाई भव्य स्वागत गरिएको छ । माओवादी गण्डकीका नेता कार्यकर्ताहरु अहिले बागलुङमा केन्द्रित भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टिमलाई बाजागाजा सहित बागलुङबाट गण्डकी प्रवेश गराइएको प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । जागरण अभियान अन्तर्गत गण्डकी प्रवेश गरेको टोलीले झन्डै १ साता गण्डकीमा बिताउने छ ।
बिहीबार बुर्तिबाङ र गल्कोटमा जागरण अभियान कार्यक्रम हुँदैछ । उक्त टोली आज ताराखोलामा बास बस्नेछ भने शुक्रबार बागलुङ बजार हुँदै कुश्मामा विशेष कार्यक्रम हुनेछ । शुक्रबार उक्त टोली पोखरा आएर बस्नेछ । पोखरामा शनिबार प्रदेशस्तरीय विशेषसभा आयोजना गरिएको प्रदेश अध्यक्ष गुरुङले बताइन् । त्यसपछि लमजुङ, गोरखा हुँदै टोली धादिङतिर लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण