यार्सा टिप्न गएका दुई जनाको मृत्यु

सुर्खेत । यार्सा सङ्कलनमा गएका जुम्लाका दुई जनाको मृत्यु भएको छ ।
तातोपानी गाउँपालिका वडा नम्बर ८, टोप्ला गाउँकी २७ वर्षीय कल्पना शाही र गुठिचौर गाउँपालिका वडा नम्बर १, मणी गाउँका ३५ वर्षीय भीमबहादुर बोहोराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कल्पनाको बिहीबार दिउँसो जुम्ला र जाजरकोटको सिमनामा पर्ने सुब्बाकुना पाटनमा चट्याङ लागेर मृत्यु भएको हो । उनी त्यहाँ यार्सा सङ्कलनका लागि पुगेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रमेशबाबु रेग्मीले शाही मृत्यु भएको खबर पश्चात् प्रहरी त्यहाँ जाँदै गरेको बताए ।
‘त्यहाँ निकै टाढा हो, प्रहरी बाटोमा छ,’ उनले भने, ‘शुक्रबार बिहानसम्म शव ल्याउन सकिएला ।’ बोहोराको भने लेक लागेर मृत्यु भएको हो । उनी यार्सा सङ्कलनका डोल्पा पुगेका थिए ।
बुधबार जगदुल्ला गाउँपालिका—१, जगदुल्ला मध्यवर्ती पाटन पुगेका उनलाई लेक लागेर मृत्यु भएको रेग्मीले रातोपाटीलाई बताए । ‘उहाँ सामान्य बिरामी हुनुहुने रहेछ,’ उनले भने, ‘आफन्तहरूले उपचारका लागि घर ल्याउने क्रममा बाटोमै मृत्यु भयो ।’
यस्तै मुगुमा यार्सा नै सङ्कलन गर्न हिँडेका युवा लडेर नदीमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सरोज गिरीका अनुसार मुगुमकार्मारोङ गाउँपालिका—५, सेरोग गाउँका अन्दाजी ४० वर्षीय सेराप साङ्बु लामा बेपत्ता भएका हुन् ।
उनका अनुसार लामा यार्सा सङ्कलनका लागि पाटन क्षेत्रतर्फ जाँदै थिए । बुधबार बेलुका साढे ८ बजेतिर वडा नम्बर २ को मुगुखोला (मुगु कर्णाली) मा रहेको काठेपुलबाट चिप्लिएर उनी नदीमा खसेका थिए ।
लगत्तै प्रहरी, स्थानीयको रोहबरमा खोजी कार्य भइरहे पनि अहिलेसम्म भेटिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त