सेटिङमार्फत भिजिट भिसा, खाडीदेखि युरोपसम्म पठाइन्छन् नेपाली

समाचार सारांश
- काभ्रेकी आशा तामाङ वैदेशिक रोजगारीको लागि कुवेत पुगेपछि यौन दुर्व्यवहारमा परिन् र उद्धार गरियो।
- भिजिट भिसाको दुरुपयोग गरी नेपालीहरूलाई ठगी गर्ने क्रम बढेको छ, जसमा एजेन्ट र सरकारी कर्मचारीको मिलेमतो रहेको देखिन्छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखलाई पक्राउ गरेको छ, तर भिजिट भिसाको समस्या समाधान हुन सकेको छैन।
काठमाडौँ । काभ्रेकी आशा तामाङ (नाम परिवर्तन) वैदेशिक रोजगारीको खोजीमा थिइन् । आर्थिक अवस्था कमजोर, श्रीमान्ले अर्को बिहे गरिसकेका, छोराछोरीको लालनपालन र पठनपाठनमा समस्या भएपछि उनले चिनजानका एक एजेन्टसँग वैदेशिक रोजगारी जाने सल्लाह लिइन् ।
एजेन्टले कुवेतमा घरेलु कामका लागि राम्रो रोजगारी मिलाइदिने आश्वासन दिए । मासिक ३० देखि ५० हजार रुपैयाँ तलब हुने बताएपछि उनी मक्ख परिन् र एजेन्टको भनेअनुसार गर्दै गइन् ।
एजेन्टले पासपोर्ट बनाउनेदेखि सबै प्रक्रिया आफैँ मिलाउने र कुवेत पठाउने भन्दै सुरुमा दुई लाख ३० हजार रुपैयाँ मागे । पछि त्यो घटाएर एक लाख ८० हजार रुपैयाँमा कुरा मिलाएर सेटिङमा कुवेत पुर्याइदिने बताए । कुवेतमा घरेलु कामदारका रूपमा नेपाली महिलालाई पठाउन प्रतिबन्ध भए पनि आफूले सेटिङ गरेर पठाउने आश्वासन उनले दिएका थिए ।
पासपोर्ट बनेपछि उनलाई भिजिट भिसामा दुबई लैजाने व्यवस्था गरियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य १० जना महिलासहित सामान्य सोधपुछपछि उनीहरू दुबई पठाइए । दुबईमा एक महिना बसेपछि आशालाई कुवेत लगियो र त्यहाँका एक प्रहरी अधिकृतको घरमा काममा लगाइयो । काम गर्दै जाँदा ती अधिकृतले उनलाई यौन दुर्व्यवहार गरे । चार महिनापछि उनी एकदमै बिरामी भइन् ।
भिजिट भिसा के हो भन्ने पनि थाहा नपाएकी उनले भनिन्, ‘चिनेको भाइले कुवेत पठाइदिन्छ भनेपछि विश्वास गरेँ, तर त्यहाँ पुगेपछि मर्नु न बाँच्नुको अवस्थामा पुगेँ ।’ पछि उनलाई उद्धारमार्फत नेपाल ल्याइयो र उनले ती एजेन्टविरुद्ध उजुरी दिइन्, तर वैदेशिक रोजगार विभागले श्रम स्वीकृति नलिई गएको आधारमा उजुरी लिन अस्वीकार गर्यो । त्यसपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।
दाङका प्रकाश (नाम परिवर्तन) पनि भिजिट भिसाबाट ठगिने अर्का उदाहरण हुन् । वैदेशिक रोजगारीका लागि दुबई गएका उनी पोर्चुगल जान चाहन्थे । एजेन्टले दुबई हुँदै पोर्चुगल पठाइदिने भन्दै १० लाख ५० हजार रुपैयाँ लिएका थिए । तर दुबईमै ६ महिना राखेपछि उनी अलपत्र परे ।
एक मेनपावर व्यवसायीका अनुसार खाडी मुलुक र मलेसिया पठाउन ३० देखि ५० हजार, युरोप पठाउन डेढ लाखदेखि ३ लाख रुपैयाँसम्म घुस खुवाउनुपर्ने हुन्छ । यसैबिच त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई पठाउने गरिएको खुलासा भयो ।
गोरखाका चन्द्र (नाम परिवर्तन) पनि मेनपावरमार्फत पोर्चुगल जान दुबई पुगे । एक वर्ष बितिसक्दा पनि न पोर्चुगल जान पाए, न त पैसा फिर्ता पाए । चार लाख रुपैयाँ दिएका उनी अहिले दुबईमै लुकीछिपी काम गर्दै छन् । पैसा माग्दा उल्टै एजेन्टले दुबई प्रहरीमा उजुरी दिएको उनले बताए । दुबई प्रहरीले चेतावनीसहितको उनलाई मेल पठाइसकेको छ ।
भिजिट भिसाका नाममा यसरी नेपाली ठगिने क्रम बढ्दो छ । श्रम स्वीकृति लिनु अनिवार्य भए पनि नजान्ने, दलालको पछि लाग्दा भिजिट भिसामार्फत विदेश जानेहरू बढेका हुन् । एजेन्टहरूले अध्यागमन कार्यालयदेखि सरकारी निकायसम्म सेटिङ गरेर श्रमिक पठाइरहेका छन् ।
एक मेनपावर व्यवसायीका अनुसार खाडी मुलुक र मलेसिया पठाउन ३० देखि ५० हजार, युरोप पठाउन डेढ लाखदेखि ३ लाख रुपैयाँसम्म घुस खुवाउनुपर्ने हुन्छ । यसैबिच त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई पठाउने गरिएको खुलासा भयो ।
यस्ता सेटिङको जालो वैदेशिक रोजगार विभागसम्म फैलिएको छ । हाकिमदेखि तल्लो तहसम्मका कर्मचारी सेटिङमा लागेपछि हालै महानिर्देशकदेखि अधिकृतसम्म व्यापक फेरबदल गरिएको छ ।
सेटिङविना विदेश जान नपाउने अवस्था र फर्जी कागजातमार्फत श्रमिक पठाइने उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेको थियो भने उनी हाजिरी जमानीमा छुटेका छन् ।
युरोपमा कामदार पठाउने एक व्यवसायी भन्छन्, ‘कागजात नपुगेको भन्दै फर्काइन्छ । दुई दिनपछि सेटिङ मिल्यो भने त्यही कागजातमा जान दिइन्छ । एयरपोर्टमा साह्रै दुःख दिइरहेका छन् । प्रमुख पक्राउ परेपछि अवस्था अलि फरक देखिएको छ ।’
हाल युरोपमा मेनपावरमार्फत श्रमिक पठाउन पाइँदैन । प्रमाणीकरण रोकिएकाले केही मेनपावरले मात्र व्यक्तिगत श्रम स्वीकृतिमार्फत सीमित संख्यामा श्रमिक पठाइरहेका छन् । ती पनि अध्यागमनका कर्मचारीलाई पैसा बुझाएर मात्र जान पाउने अवस्था छ ।
युरोपमा कामदार पठाउने एक व्यवसायी भन्छन्, ‘कागजात नपुगेको भन्दै फर्काइन्छ । दुई दिनपछि सेटिङ मिल्यो भने त्यही कागजातमा जान दिइन्छ । एयरपोर्टमा साह्रै दुःख दिइरहेका छन् । प्रमुख पक्राउ परेपछि अवस्था अलि फरक देखिएको छ ।’
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार भिजिट भिसामार्फत विदेश जान पाउने व्यवस्था नरोकिएसम्म यस्तो समस्या रहिरहन्छ । उनी भन्छन्, ‘नेपाली भाषा मात्र बोल्न सक्ने व्यक्ति भिजिट भिसामा जान्छन्, जो बेचिन जान लागेका हुन्छन् । दलालहरूले सेटिङ गरेर पठाउँछन् ।’
संघका सचिव कुन्छा दोर्जे डिम्दोङले राज्यले भिजिट भिसाको दुरुपयोग रोक्न नसकेको भन्दै गुनासो गरे ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भिजिट भिसासँग विभागको कुनै सम्बन्ध नरहेको बताए । आवश्यक कागजात नपुगे श्रम स्वीकृति नदिने र कर्मचारी सेटिङमा संलग्न भए कारबाही गरिने उनको भनाइ थियो ।
अध्यागमन विभागको तथ्यांकअनुसार हरेक वर्ष करिब एक लाख नेपाली भिजिट भिसामार्फत विदेश जाने गरेका छन् । सन् २०२४ मा दुई लाख ७४ हजार ४२८ जना भिजिट भिसाबाट विदेश गएका छन् ।
तीमध्ये एक लाख ५९ हजार ४३ जना पुरुष र एक लाख १५ हजार ३५६ जना महिला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिगमनकाे कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री
-
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव सहितको मृत्यु घटनाको भर्त्सना
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
कोशीमा आठ अध्यादेश सर्वसम्मतिले पारित
-
वनमन्त्री शाही र चीनका प्रशासक लिउबिच भेटवार्ता
-
प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, आइतबार मुद्दा दर्ता हुने