पोखरामा आजदेखि होमस्टे मार्ट

पोखरा । पोखरामा आजदेखि होमस्टे मार्ट हुँदै छ । गाउँलाई सहरसँग जोड्ने उद्देश्यले शुक्रबार र शनिबार मार्ट आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) को सहआयोजनामा हुने २ दिने मार्टमा प्रदेशभित्रका विभिन्न होमस्टेहरू सहभागी हुँदै छन् ।
होमस्टे सञ्चालकहरूले आफ्नो होमस्टेबाट प्रदान हुने प्याकेजबारे प्रचार गर्नेछन् । ‘होमस्टेलाई वास्तवमा सहरसँग जोड्नुपर्छ । सहरका मान्छे गएर त होमस्टे चल्छ,’ बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछाने भन्छन्, ‘हामी गाउँ र सहरलाई जोड्न होमस्टे मार्ट गर्न गैरहेका छौं ।’
मार्टमा सामुदायिक होमस्टे तथा गाउँको पर्यटन व्यवसायीका स्टल, गाउँ पर्यटन प्रवर्द्धनमा उद्योग र व्यवसायीको भूमिका, गाउँ पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिकाबारे छुट्टाछुट्टै बहस पनि हुनेछ । साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुति राखिएको लामिछानेले बताए ।
पछिल्लो समय होमस्टेमा निरन्तर पाहुना गएपछि कतिपय होमस्टे बन्द हुने अवस्थामा पुगेका छन् । गण्डकी प्रदेश सरकारले प्रदेशभरी होमस्टे विस्तार र विकास गर्ने गरी बर्सेनि करोडौं रकम लगानी गर्दै आएको छ । तर अनुदान पाएका होमस्टे पनि धमाधम बन्द भैरहेका छन् । सरकारले हालसम्म ५० करोड भन्दा बढी लगानी होमस्टेमा गरेको तथ्याङ्क छ ।
प्रदेशभरी ४ सय भन्दा बढी सामुदायिक र निजी होमस्टे सञ्चालनमा छन् । ३ सय हाराहारी मात्रै दर्ता भएका छन् भने बाँकी कानूनी प्रक्रियामा सामेल भएका छैनन् । होमस्टे मार्ट गाउँ पर्यटन प्रवद्र्धनसँगै बजारीकरणको लागि एउटा माध्यम बन्ने भिटोभ गण्डकीकी अध्यक्ष शोभा सापकोटाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा आठ अध्यादेश सर्वसम्मतिले पारित
-
वनमन्त्री शाही र चीनका प्रशासक लिउबिच भेटवार्ता
-
प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, आइतबार मुद्दा दर्ता हुने
-
भिजिट भिसा प्रकरण : थप ६ कर्मचारी तानिए (सूचीसहित)
-
घनश्याम भुसाल भन्छन् – कार्यकारी पदमा बसेका नेताहरूले ठाउँ छाड्नुपर्छ
-
‘कुलिङ पिरियड निजामतीलाई मात्र होइन, सबैका लागि राख्नुपर्छ’