पेस्तोल र गोलीसहित दुई जना पक्राउ
बिहीबार, ०८ जेठ २०८२, १७ : २०
सारांश
- तनहुँको आँबुखैरेनीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा नवलपरासी र चितवनका व्यक्तिहरू छन्, जसलाई मुग्लिङबाट आबुखैरेनीतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्दा पक्राउ गरिएको हो।
- प्रहरीले मेड इन यूएसए लेखिएको पेस्तोल, १ राउण्ड गोली र म्याग्जिन बरामद गरेको छ र घटनाको अनुसन्धान भइरहेको छ।
तनहुँ । तनहुँबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ परेका छन् । आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट मेड इन यूएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित उनीहरूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका-७ गौरी नगर बस्ने ३२ वर्षीय विजय तिवारी रहेका छन् । इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण