बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

उडिरहेको अवस्थामा भीषण असिना–पानीले विमानको अघिल्लो भाग नै फुटाइदियो

बिहीबार, ०८ जेठ २०८२, १० : ०७
बिहीबार, ०८ जेठ २०८२

नयाँ दिल्ली । बुधबार नयाँ दिल्लीबाट श्रीनगर जाँदै गरेको इन्डिगो एयरलाइन्सको विमान भीषण असिना–पानीको चपेटामा परेको छ ।

श्रीनगरको आकाशमा पुगेको अवस्थामा अचानक तीव्र गतिको हावाका साथ असिना–पानी परेको थियो । विमानमा यात्री र चालक दलका सदस्य गरी २२७ जना सवार थिए ।

असिनाको चोटले विमानको अघिल्लो हिस्सामा क्षति भएको छ । विमानमा सवार यात्रीका अनुसार प्रतिकूल मौसमका कारण पटक–पटक झट्का महसुस गरिएको थियो ।

विमानलाई श्रीनगर विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । यात्री र चालक दलका सदस्य सकुशल रहेको अधिकारीहरूले जनाएका छन् ।

इन्डिगो एयरलान्यसले फ्लाइट नम्बर ६ई २१४२ रहेको विमानले बाटोमै असिना–पानीको सामना गर्नुपरेको जनाएको छ । चालक दलका सदस्यले प्रोटोकल पालन गर्दै विमानलाई सकुशल अवतरण गराएको एयरलाइन्सले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप