उडिरहेको अवस्थामा भीषण असिना–पानीले विमानको अघिल्लो भाग नै फुटाइदियो
बिहीबार, ०८ जेठ २०८२, १० : ०७
नयाँ दिल्ली । बुधबार नयाँ दिल्लीबाट श्रीनगर जाँदै गरेको इन्डिगो एयरलाइन्सको विमान भीषण असिना–पानीको चपेटामा परेको छ ।
श्रीनगरको आकाशमा पुगेको अवस्थामा अचानक तीव्र गतिको हावाका साथ असिना–पानी परेको थियो । विमानमा यात्री र चालक दलका सदस्य गरी २२७ जना सवार थिए ।
असिनाको चोटले विमानको अघिल्लो हिस्सामा क्षति भएको छ । विमानमा सवार यात्रीका अनुसार प्रतिकूल मौसमका कारण पटक–पटक झट्का महसुस गरिएको थियो ।
विमानलाई श्रीनगर विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । यात्री र चालक दलका सदस्य सकुशल रहेको अधिकारीहरूले जनाएका छन् ।
इन्डिगो एयरलान्यसले फ्लाइट नम्बर ६ई २१४२ रहेको विमानले बाटोमै असिना–पानीको सामना गर्नुपरेको जनाएको छ । चालक दलका सदस्यले प्रोटोकल पालन गर्दै विमानलाई सकुशल अवतरण गराएको एयरलाइन्सले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण