पर्सामा तीन लाख ५१ हजार ६२८ मतदाताको नाम अद्यावधिक

समाचार सारांश
- पर्साको निर्वाचन कार्यालयले आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्म मतदाता नामावली अद्यावधिक गरेको छ, जसमा ३ लाख ५१ हजार ६२८ जना पुगेका छन्।
- वीरगञ्ज महानगरपालिकामा सबैभन्दा धेरै मतदाता रहेको र महिला मतदाताको संख्या उल्लेख्य रहेको छ।
- अन्य स्थानीय तहहरूमा पनि मतदाताको संख्या सार्वजनिक गरिएको छ, जसमा गाउँपालिका र नगरपालिकाका मतदाताको विवरण समावेश छ।
पर्सा । निर्वाचन कार्यालय पर्सामा आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्म मतदाता नामावली अद्यावधिक गर्नेको सङ्ख्या तीन लाख ५१ हजार ६२८ जना पुगेको छ । कार्यालयका प्रमुख अनामिका रौनियारले पर्सामा सबैभन्दा धेरै मतदाता वीरगञ्ज महानगरमा रहेको जानकारी दिए ।
“महानगरमा एक लाख ३२ हजार ३९३ जना मतदाता रहनुभएको छ”, उनले भने, “महानगरमा पुरुष मतदाता सङ्ख्या ७५ हजार १६९ रहेको छभने महिला मतदाताको सङ्ख्या ५७ हजार २२० जना रहेका छन् ।” कार्यालयका अनुसार पछिल्लो समय महिलाहरू मतदाता नामावलीमा आफ्ना नाम राख्न इच्छुक हुँदै गइरहेका छन् ।
वीरगञ्ज महानगरमा अन्य समुदायका मतदाता सङ्ख्या भने चार जना छन् । कार्यालयका अनुसार छिपरमाई गाउँपालिकामा १५ हजार ९७२, जगरनाथपुर गाउँपालिकामा १८ हजार ६७२, धोबिनी गाउँपालिकामा १२ हजार ४२५ जना मतदाता रहेका छन् ।
पकहाँमैनपुर गाउँपालिकामा १२ हजार ५९२ जना रहेका छन् । त्यसैगरी विन्दवासिनी गाउँपालिकामा १५ हजार १८८ र सखुवाप्रसौनी गाउँपालिकामा २० हजार १४४ मतदाता छन् । कालिकामाई गाउँपालिकामा १३ हजार २८२, जिराभवानी गाउँपालिकामा १४ हजार २६४ र ठोरी गाउँपालिकामा १४ हजार ६७६ जना छन् । पटेर्वा सुगौली गाउँपालिकामा १४ हजार ३३, पर्सागढी नगरपालिकामा २२ हजार ९५१ जना मतदाता रहेका छन् ।
त्यस्तै पोखरिया नगरपालिकामा २० हजार ४३ र बहुदरमाई नगरपालिकामा पनि २४ हजार ९९३ जना मतदाता रहेका छन् । पर्सामा अन्य समुदायका १५ जना मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संक्रमणकालीन न्यायमा चुप बस्नु खतरनाक ! : राजेन्द्र सेन्चुरी
-
राजीनामा दिने विचार गरिरहेका छन् मोहम्मद युनुस ?
-
पालिका मातहतका सिटी रिक्सा अब प्रदेश मातहत हुने, दर्ता शुल्क १० हजार पुर्याइयो
-
सत्ताधारी नालायक र सडक अराजक बन्दै गए समाजको निराशा अझ भयावह हुनसक्छ : भुसाल
-
भिजिट भिसामा बदमासी : यी हुन् सरुवा भएका भट्टराईसहितका ९ कर्मचारी (सूचीसहित)
-
बजेटमा सपनाको प्रोजेक्ट चाहिएको छैन : रवि सिंह