भीमफेदीमा ब्रेक फेल भई गाडी दुर्घटना हुँदा १४ जना घाइते
मङ्गलबार, ०६ जेठ २०८२, १४ : ५६
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भई गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो १ बजेको समयमा भिमफेदीको वडा नम्बर ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्ठी मोडमा यात्रुवहाक विङ्गर गाडी दुर्घटना भएको हो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चित्लांगबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट २० मिटर तल खसेको थियो । गाडी सडकबाट २० मिटर तल खस्दा गाडी रुखमा अड्किएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
-
धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
-
देशका २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
सेमिफाइनलका लागि किन बल परिवर्तन गरियो ?
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण