मापदण्ड विपरीतका पाँच फर्ममाथि मुद्दा दर्ता

नेपालगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले बजारमा रहेका पाँच मापदण्ड विपरीतका सेवामूलक फर्म तथा कम्पनीविरूद्ध मुद्दा दर्ता गरेको छ ।
ती फर्म तथा कम्पनीमा कैफियत भेटिएपछि कसुरअनुसार एउटा मुद्दा जिल्ला अदालत बाँकेमा र चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालय, बाँकेमा दर्ता भएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले जानकारी दिए ।
सो कार्यालयले नेपालगञ्जका विभिन्न वडामा रहेका क्वालिटी चाउमिन तथा सस उद्योग, डिउ ड्रप ड्रिङ्किङ वाटर, इन्ड्रष्टिज, वाइ के ड्रिङ्किङ वाटर, उद्योग, गोल्डेन प्रशोधित पिउने पानी र बिसमिल्ला होटेल, नेपालगञ्जविरूद्ध मुद्दा दर्ता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले जनाएको छ ।
ती फर्म तथा कम्पनीमध्ये खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले बिर्यानी, सोर्मा र कबावमा बाह्य सिन्थेटिक रङ्ग प्रयोग गरेको र होटलको व्यवस्थापन फोहोर गरेको कसुरमा नेपालगञ्ज–११ इदगाह रोडमा रहेको बिस्मिल्लाह होटलविरूद्ध बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको कार्यालयका सूचना अधिकारी रामहरि लामिछानेले जानकारी दिए ।
उक्त होटलमा केही दिनअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज, उपमहानगरपालिका, वडा कार्यालय, वडा प्रहरी कार्यालयसहित गएको संयुक्त अनुगमन टोलीले अनुमगन गरेको थियो । अनुगमनमा बिस्मिल्ला केटर्स चिकन शोर्मा एन्ड बिरयानी होटल नामको बोर्ड राखेको तर घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा बिस्मिल्ला होटल भनी दर्ता भएको उक्त होटलको सरसफाइ र भान्सामा देखिएको फोहोर तथा खाद्य वस्तुमा अखाद्य रङ्गको प्रयोग गरेको फेला परेपछि अनुसन्धान गरी मुद्दा दायर गरिएको हो । उनीहरूलाई रू ५० हजार जरिवाना तथा कैद वा दुवै हुन सक्ने कानुनी प्रावधान रहेको छ ।
नेपालगञ्जले खाद्य बजार अनुगमन ४३ वटा, दाना बजार अनुगमन चारवटा, होटल, रेष्टुरेन्ट अनुगमन ३८ वटा, खाद्य उद्योग अनुगमन ११० वटा, दाना उद्योग अनुगमन चारवटा गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्सपेक्टर लिएर अनुगमनमा गएको विभागको टोली नै कुटिएपछि...
-
११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को–को समेटिए ? (सूचीसहित)
-
भारतमा २ जना कोभिड संक्रमितको मृत्यु
-
लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि युएनएफपीए र मनकामना दर्शन प्रालिबिच सहकार्य
-
जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलनको तयारी पूरा
-
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक समिति गठन