राष्ट्रिय सभाको भोलिको बैठकका चार कार्यसूची तय
सारांश
- राष्ट्रिय सभाको बैठक भोलि बुधबार दिउँसो १:१५ बजे बस्ने भएको छ। बैठकमा चारवटा मुख्य एजेन्डामा छलफल हुनेछ।
- सभाध्यक्षले मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको पत्रको जानकारी गराउनेछन्।
- पानीजहाज विधेयक, शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक र पर्यटन विधेयकमाथि छलफल हुनेछ।
काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक भोलि बुधबार अपराह्न १:१५ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयले मंगलबार बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार चारवटा मुख्य एजेन्डामा छलफल तथा प्रस्तुति हुने कार्यक्रम तय भएको छ।
बैठकको प्रारम्भमा सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा सभा समक्ष जानकारी गराउनेछन्।
त्यसपछि विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
तेस्रो एजेन्डाका रूपमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले “शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८०” का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन्।
बैठकको अन्तिम एजेन्डामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले “पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सभा समक्ष पेश गर्ने राष्ट्रिय सभा महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण