राष्ट्रिय सभाको भोलिको बैठकका चार कार्यसूची तय

समाचार सारांश
- राष्ट्रिय सभाको बैठक भोलि बुधबार दिउँसो १:१५ बजे बस्ने भएको छ। बैठकमा चारवटा मुख्य एजेन्डामा छलफल हुनेछ।
- सभाध्यक्षले मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको पत्रको जानकारी गराउनेछन्।
- पानीजहाज विधेयक, शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक र पर्यटन विधेयकमाथि छलफल हुनेछ।
काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक भोलि बुधबार अपराह्न १:१५ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयले मंगलबार बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार चारवटा मुख्य एजेन्डामा छलफल तथा प्रस्तुति हुने कार्यक्रम तय भएको छ।
बैठकको प्रारम्भमा सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा सभा समक्ष जानकारी गराउनेछन्।
त्यसपछि विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
तेस्रो एजेन्डाका रूपमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले “शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८०” का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन्।
बैठकको अन्तिम एजेन्डामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले “पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सभा समक्ष पेश गर्ने राष्ट्रिय सभा महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा