यी हुन् भीमफेदीमा दुर्घटनाग्रस्त विङ्गरमा सवार घाइतेहरू

मकवानपुर । मकवानपुरको भीमफेदीमा मंगलबार दिउँसो यात्रुबाहक विङ्गर दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। दिउँसो १ बजे भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी ब्रेक फेल भएर सडकबाट करिब २० मिटर तल खसेको थियो। गाडी सल्लाको रुखमा अड्किएर ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाडीका चालकसहित १४ जना घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
लालबन्दी नगरपालिकामा चलेको लघुवित्तसम्बन्धी तालिमका क्रममा चित्लाङ अवलोकनका लागि चित्लाङ पुगेका उनीहरू फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका बुझिएको छ ।
गाडीमा सवार अधिकांश यात्रुहरू लालबन्दी नगरपालिका वडा नम्बर १५ र १६ का रहेका छन्। गाडीमा दुई जना शाखा अधिकृतहरू गोपाल थापा र समीर सुवेदी पनि सवार थिए । दुर्घटनाको खबर पाएलगत्तै लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरख बहादुर बल घाइतेहरूको अवस्थाबारे बुझ्न हेटौंडा जाँदै गरेको जानकारी दिएका छन् ।
घाइतेहरूको विवरण यसप्रकार छः
१) अम्बरी लो लामा २८ वर्ष, लालबन्दी–१५, परमानीपुर — शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
२) रितिक राई ३६ वर्ष, लालबन्दी–१६, भोलोना — दाहिने हातमा भित्री चोट, अवस्था मध्यम।
३) पदम बहादुर श्रेष्ठ ४५ वर्ष, लालबन्दी–१६ — बायाँ हातमा भित्री चोट, अवस्था मध्यम।
४) राजाराम बस्नेत ५१ वर्ष, लालबन्दी–१६ — छाती र घाटीमा भित्री चोट, अवस्था गम्भीर।
५) कमल थापा ५६ वर्ष, लालबन्दी–१, नवलपुर — दाहिने हात र शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर।
६) शान्ता विक ३० वर्ष, लालबन्दी–१६ — टाउको र छातीमा चोट, कानबाट रगत बगेको, अवस्था गम्भीर।
७) सरोज कुमार चौधरी ४० वर्ष, लालबन्दी–४, चालक — शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
८) निर्मला विक २७ वर्ष, लालबन्दी–१५ — ढाडमा भित्री चोट, अवस्था सामान्य।
९) सिमा घलान २२ वर्ष, लालबन्दी–१५ — शरीरका विभिन्न भागमा दुखाइ, अवस्था सामान्य।
१०) समिर सुवेदी ५० वर्ष, लालबन्दी–५ — बायाँ हात र करङमा चोट, अवस्था सामान्य।
११) कल्पना विक २७ वर्ष, लालबन्दी–१६ — शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
१२) निलिमा खड्का २२ वर्ष, लालबन्दी–१५ — टाउको र दाहिने कुममा चोट, अवस्था मध्यम।
१३) सुस्मा विक २५ वर्ष, लालबन्दी–१६ — दाहिने कुम र टाउकोमा चोट, अवस्था मध्यम।
१४) पवित्रा घिसिङ ३२ वर्ष, लालबन्दी–१६ — टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम।
प्रहरीका अनुसार गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
-
गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट
-
सदरमुकामकै सडक एक दशकदेखि जीर्ण
-
युइएफए नेसन्स लिग: दोस्रो पटक विजेता बन्यो पोर्चुगल
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर