मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

भीमफेदीमा ब्रेक फेल भई गाडी दुर्घटना हुँदा १४ जना घाइते

मङ्गलबार, ०६ जेठ २०८२, १४ : ५६
मङ्गलबार, ०६ जेठ २०८२

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भई गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो १ बजेको समयमा भिमफेदीको वडा नम्बर ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्ठी मोडमा यात्रुवहाक विङ्गर गाडी दुर्घटना भएको हो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

चित्लांगबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट २० मिटर तल खसेको थियो । गाडी सडकबाट २० मिटर तल खस्दा गाडी रुखमा अड्किएको प्रहरीले जनाएको छ । 

घाइतेहरूको उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप