जेसिवी प्रयोग गरेर पुरिएको गाडी खोजिदै
हेटौँडा । हेटौँडामा जमिन भासिएर बेपत्ता भएको गाडी खोज्न जेसिवी प्रयोग गरिएको छ । गत वैशाख १९ गते हेटौँडा–१६ स्थित गैरीगाउँमा जमिन भासिएर हराएको बोलेरो गाडी खोज्न जेसिवी प्रयोग गरिएको हो ।
गैरीगाउँ माछापालन क्षेत्रमा माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बलेरो गाडी अनलोड गर्ने क्रममा जमिन भासिएर पुरिएको थियो ।लगातार ३ दिनसम्म खोजिगर्दा गाडी नभेटिएपछि उक्त गाडी हराएपछि हेटौँडा उपमहानगरपालिकाको समन्वयमा गत वैशाख २३ मा भूगर्भ शास्त्रीलाई झिकाएर अध्ययन गरेको थियो ।
खानी तथा भूगर्भ विभागका विज्ञ मार्फत अध्ययन गर्दा बारिङका कारण जमिन भासिएर गाडी हराएको निष्कर्ष आएको थियो । सोही निष्कर्ष अनुसार विभागबाट पुनः जेठ २ गते भूगर्भ शास्त्रीको टोली खटिएर अनुसन्धान गरी माटो परीक्षणका लागि नमुना सङ्कलन गरिएको थियो ।
माटो परीक्षणको रिपोर्ट र भूगर्भ शास्त्रीको रिपोर्ट अनुसार जेठ ६ गते मङ्गलवार सतर्कता अपनाई गाडी भासिएको स्थानमा जेसिवी प्रयोग गरेर गाडी खोज्ने कार्य गरिएको हो ।
सो स्थानमा उत्खनन गरी सवारी साधन खोजी गर्न सकिने रिपोर्ट र स्थानीय जनपतिनिधिहरुलाई सुझाव अनुसार उत्खखन कार्य गरिएको हो । हेटौडा–१६ का वडाअध्यक्ष रामकृष्ण कोइरालाको सक्रियतामा क्रेन र स्काभेटरको सहयोगमा हराएको बोलेरो गाडीको खोजी गर्दा गाडीका केही पार्टपूर्जा समेत भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण