स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
मङ्गलबार, ०६ जेठ २०८२, २१ : २८
काठमाडौँ । प्रहरीले काभ्रेको साँगाबाट स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय राजन धमला र सप्तरी घर भएका ३८ वर्षीय सञ्जयकुमार साह छन् ।
मंगलबार बस चढेर काठमाडौंतर्फ जाँदै गरेका उनिहरुको साथबाट २५ लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले रातोपाटीलाई बताए ।
बा.३ ख २४१६ नम्बरको बसमा सवार उनिहरु बनेपाबाट चढेको खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी घलेले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण