स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
मङ्गलबार, ०६ जेठ २०८२, २१ : २८

काठमाडौँ । प्रहरीले काभ्रेको साँगाबाट स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय राजन धमला र सप्तरी घर भएका ३८ वर्षीय सञ्जयकुमार साह छन् ।
मंगलबार बस चढेर काठमाडौंतर्फ जाँदै गरेका उनिहरुको साथबाट २५ लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले रातोपाटीलाई बताए ।
बा.३ ख २४१६ नम्बरको बसमा सवार उनिहरु बनेपाबाट चढेको खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी घलेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स