‘होस्टेल ३’ टिमको नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ घोषणा
बुधबार, ०७ जेठ २०८२, १२ : २१

काठमाडौँ । गत वर्षको हिट फिल्म ‘होस्टेल ३’ले नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ बनाउने भएको छ । निर्माण युनिटले बुधवार सामाजिक संजाल मार्फत फिल्म निर्माण घोषणा गरेको हो ।
सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको फिल्म सशान कँडेलले निर्देशन गर्दै छन् । दुई पुस्ताबिचको सोच, मूल्य र व्यवहारको टकराबलाई फिल्मले देखाउने निर्देशक कँडेलले बताए ।
फिल्मको लेखन माधव शर्माले गरेका छन् । यसअघि शर्माले ‘होस्टेल ३’ लखेका थिए । ‘बाउ भर्सेस छोरा’को कलाकार, छायाङ्कन र प्रदर्शन मिति केही समयपछि एक कार्यक्रमका बिच घोषणा गरिने निर्माण टिमले जनाएको छ । समयबारे फिल्मका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।