दक्षिण पश्चिम पाकिस्तानमा भएको विस्फोटमा कम्तीमा चार बालबालिकाकाे मृत्यु
इस्लामावाद । दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको खुज्दर जिल्लामा विद्यालयको एक बसलाई निशाना बनाएर भएको विस्फोटमा चार जना बालबालिका मारिएको अधिकारीहरूले बताएका छन् ।
३८ जना घाइते भएका यस घटनामा कम्तीमा चार बालबालिकाको मृत्यु भएको खुज्दरका सरकारी अधिकारी यासिर इकबाल दाश्तीले बताए । विद्यालयको बस सेनाको सरकारी विद्यालयको थियो । सो विद्यालयमा सेनाका कर्मचारी र सर्वसाधारण सबैका छोराछोरी पढ्थे ।
बिहान विद्यालय लैजान विद्यार्थीहरूलाई बोक्दै गर्दा बसमाथि आत्मघाती बम हमला भएको उनले अल जजिरालाई भने । खुज्दरको जिरो प्वाइन्ट नजिक भएको यस आक्रमणको आन्तरिक मन्त्री मोहसिन नक्भीले आलोचना गरेका छन् ।
विस्फोटको गम्भीरता हेर्दा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले भनिरहेका छन् । आक्रमणको जिम्मा तालिवानसम्बद्ध सशस्त्र समूह तेहरिक–ए–तालिबा पाकिस्तान (टीटीपी)ले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण