दक्षिण पश्चिम पाकिस्तानमा भएको विस्फोटमा कम्तीमा चार बालबालिकाकाे मृत्यु

इस्लामावाद । दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको खुज्दर जिल्लामा विद्यालयको एक बसलाई निशाना बनाएर भएको विस्फोटमा चार जना बालबालिका मारिएको अधिकारीहरूले बताएका छन् ।
३८ जना घाइते भएका यस घटनामा कम्तीमा चार बालबालिकाको मृत्यु भएको खुज्दरका सरकारी अधिकारी यासिर इकबाल दाश्तीले बताए । विद्यालयको बस सेनाको सरकारी विद्यालयको थियो । सो विद्यालयमा सेनाका कर्मचारी र सर्वसाधारण सबैका छोराछोरी पढ्थे ।
बिहान विद्यालय लैजान विद्यार्थीहरूलाई बोक्दै गर्दा बसमाथि आत्मघाती बम हमला भएको उनले अल जजिरालाई भने । खुज्दरको जिरो प्वाइन्ट नजिक भएको यस आक्रमणको आन्तरिक मन्त्री मोहसिन नक्भीले आलोचना गरेका छन् ।
विस्फोटको गम्भीरता हेर्दा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले भनिरहेका छन् । आक्रमणको जिम्मा तालिवानसम्बद्ध सशस्त्र समूह तेहरिक–ए–तालिबा पाकिस्तान (टीटीपी)ले लिएको छ ।