अपडेट
गभर्नर पौडेलको पहिलो निर्णय : ५० र हजारका नोट छाप्न हस्ताक्षर*
बुधबार, ०७ जेठ २०८२, १३ : २३
सारांश
- डा. विश्व पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नरको रूपमा पदभार ग्रहण गरे र ५० र एक हजारका नोट छाप्ने निर्णयमा हस्ताक्षर गरे।
- पदभार ग्रहण गरेपछि, गभर्नर पौडेलले सरकारको बजेट कार्यान्वयनका लागि मौद्रिक नीति बनाउने बताए।
- गभर्नर पौडेलले मुलुकको आर्थिक गतिविधि बढाउन सबै सरोकारवालाहरूसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेसँगै ५० र एक हजारका नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएलगत्तै बालुवाटार पुगेर पदभार ग्रहण गरेका गभर्नर पौडेलले ५० र एक हजारका नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेको राष्ट्र बैंकका सूचना अधिकारी सुमन अधिकारीले जानकारी दिए ।
पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरूप मौद्रिक नीति तर्जुमा गरिने बताए ।
मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन सबैसँग समन्वय गरेरै अघि बढ्ने गभर्नर पौडेलको भनाइ छ ।
*यसअघि ५० को नोट हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण