वाइसीएल बागमती प्रदेश अध्यक्षमा नरेश रञ्जित निर्वाचित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा नरेश रञ्जित निर्वाचित भएका छन् ।
बुधबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा सम्पन्न प्रथम प्रदेश सम्मेलनको बन्द सत्रबाट रञ्जितको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
नवनिर्वाचित अध्यक्ष नरेश रञ्जित यसअघि वाइसीएलको केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्जको रूपमा सक्रिय थिए। उनी नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमी नगर उपाध्यक्ष पनि हुन् ।
अध्यक्ष नरेश रञ्जित नेतृत्वको बागमती प्रदेश समितिमा सुवास अधिकारी, रेशम तामाङ र सुनिता गिरी उपाध्यक्ष निर्वाचित भएका निर्वाचन समितिका संयोजक गोविन्द बटालाले बताए ।
समितिको सचिवमा प्रदीप तामाङ ङेमासङ निर्वाचित भएका छन् भने सहसचिवमा क्रमशः विष्णु नेगी, अर्जुन तामाङ, सुदिप केसी, बिकास श्रेष्ठ, सनम महर्जन(जनजाति), प्रितिमा तामाङ(महिला) निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा रोमि घले निर्वाचित भएकी छन् ।
सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले प्रस्तुत गरेको प्यानल सर्वसम्मत भएपछि निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन परिणाम घोषणा गरेको हो ।
बन्द सत्रमा माओवादी केन्द्रका केन्द्रीय नेताहरू हितमान शाक्य, हितबहादुर तामाङ, दिलिप प्रजापति, सूर्य सुवेदी पथिक लगायतको आतिथ्यता रहेको निवर्तमान प्रदेश संयोजक साजन अधिकारीले बताए ।
सोमबार सो सम्मेलन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले उद्घाटन गरेका थिए । सम्मेलनमा ४ सय बढी सम्मेलन प्रतिनिधिको सहभागिता रहेको थियो ।
अध्यक्षमा निर्वाचित भएपछि नरेश रन्जितले सङ्गठनलाई अझ सशक्त बनाउने, युवाहरूलाई राजनीतिसँगै सामाजिक परिवर्तनमा सक्रिय बनाउन भूमिका खेल्ने प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेर्नुहोस् सोमबारको लागि विदेशी मुद्राको विनिमय दर
-
बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
-
गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट
-
सदरमुकामकै सडक एक दशकदेखि जीर्ण
-
युइएफए नेसन्स लिग: दोस्रो पटक विजेता बन्यो पोर्चुगल
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग