राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
बिहीबार, ०८ जेठ २०८२, ०९ : ०१

काठमाडौँ । काठमाडौँको चःमतीबाट राजश्व छलीका विभिन्न सामाग्रीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौँ ल्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोशन कुमार महतो, सत्यनारायण कृष्णमुर्थी, दीपक शेकर, भिनोथ कुमार अमर चन्द, सिकेन्दर रजा, शेष पिर मोहम्मद मोस्तान, मोहम्मद रेहान, रौनक ठाकुर रहेका छन् ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?