रहेनन् कपिल शर्मा शोका फोटोग्राफर दास दादा
बिहीबार, ०८ जेठ २०८२, १० : ३५
नयाँ दिल्ली । कमेडी किंग कपिल शर्माको ‘द कपिल शर्मा शो’का चर्चित फोटोग्राफर दास दादाको मृत्यु भएको छ ।
दास दादा प्रायः शोका एपिसोडका बीचमा देखिन्थे । कपिलले प्रायः उनीमाथि ठट्टा गर्थे । दास दादाको निधनको खबर कपिल शर्माको टोलीले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत दिएको हो ।
‘आज मन धेरै भारी भएको छ । हामीले दास दादालाई गुमायौँ । यस्तो व्यक्ति जसले लेन्स पछाडि रहेको एक आत्मा, जसले द कपिल शर्मा शोको सुरुवातदेखि नै अनगिन्ती सुन्दर क्षणहरूलाई कैद गरे । उहाँ एक सहयोगी फोटोग्राफरभन्दा धेरै नै हुनुहुन्थ्यो । उनी हाम्रो परिवार थिए । सधैं मुस्कुराइरहन्थे, दयालु थिए र सधैं हामीसँगै हुन्थे ।’ कपिल शर्माको टोलीको तर्फबाट दास दादाको भिडियो सेयर गर्दै लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट ल्याएको आधा महिना बित्दा पनि रातो किताब आएन
-
त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ
-
पाकिस्तानमा वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते
-
सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण