रहेनन् कपिल शर्मा शोका फोटोग्राफर दास दादा
बिहीबार, ०८ जेठ २०८२, १० : ३५

नयाँ दिल्ली । कमेडी किंग कपिल शर्माको ‘द कपिल शर्मा शो’का चर्चित फोटोग्राफर दास दादाको मृत्यु भएको छ ।
दास दादा प्रायः शोका एपिसोडका बीचमा देखिन्थे । कपिलले प्रायः उनीमाथि ठट्टा गर्थे । दास दादाको निधनको खबर कपिल शर्माको टोलीले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत दिएको हो ।
‘आज मन धेरै भारी भएको छ । हामीले दास दादालाई गुमायौँ । यस्तो व्यक्ति जसले लेन्स पछाडि रहेको एक आत्मा, जसले द कपिल शर्मा शोको सुरुवातदेखि नै अनगिन्ती सुन्दर क्षणहरूलाई कैद गरे । उहाँ एक सहयोगी फोटोग्राफरभन्दा धेरै नै हुनुहुन्थ्यो । उनी हाम्रो परिवार थिए । सधैं मुस्कुराइरहन्थे, दयालु थिए र सधैं हामीसँगै हुन्थे ।’ कपिल शर्माको टोलीको तर्फबाट दास दादाको भिडियो सेयर गर्दै लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभामा विवादित चिट्ठा विधेयक पेस हुने
-
दिल्ली क्यापिटल्सको नामसँग जोडियो नचाहेको यो कीर्तिमान
-
लेखा समिति सभापति र मोदीबिच बाझाबाझ
-
लेखा समितिका ४८ उजुरी छानबिन गर्ने कार्यदलको म्याद एक महिना थपियो
-
सिल्करोड फोरमले नेपाललाई आर्थिक रूपमा सशक्त बनाउन मद्दत गर्दछ : तिमिल्सिना
-
विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउन नेतान्याहुको आदेश