भारतले नेपाली सीमामा बढायो सेनाको सङ्ख्या
सारांश
- भारतले नेपालको बाटो हुँदै घुसपैठको प्रयास भइरहेको भन्दै नेपालसँगको सीमामा सुरक्षाकर्मी थप्यो।
- भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार नेपालमा ३७ जना सन्दिग्ध पाकिस्तानी र बङ्गलादेशीहरू भारत प्रवेश गर्ने प्रयासमा छन्।
- उत्तर प्रदेशका विभिन्न जिल्लाहरूमा अलर्ट जारी गर्दै सीमा क्षेत्रमा एसएसबी र प्रहरीको संयुक्त गस्ती बढाइएको छ।
नयाँ दिल्ली । अपरेशन सिन्दूरपछि आतङ्कित बनेको पाकिस्तानले अब नेपालको बाटो हुँदै भारतमा घुसपैठ गर्ने प्रयास गरिरहेको भन्दै भारतले नेपालसँगको सीमामा सुरक्षाकर्मीहरूको सङ्ख्या थपेको छ । भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार नेपालमा लगभग ३७ जना सन्दिग्ध पाकिस्तानी र बङ्गलादेशीहरू छन् । उनीहरू कुनै न कुनै रूपमा भारत प्रवेश गर्ने प्रयासमा भएको भन्दै भारतीय समाचार संस्थाहरूले समाचार छापेका छन् ।
स्रोतका अनुसार यिनीहरूले लखनउ, वाराणसी, अयोध्या र मथुरालाई निशाना बनाउन सक्छन् । सुरक्षालाई ध्यानमा राख्दै बहराइचदेखि बलरामपुरसम्मको नेपाल सीमामा १ हजार ५०० थप एसएसबी कर्मचारी तैनाथ गरिएको छ । एसएसबी ४२ औँ बटालियनले सीमा क्षेत्रमा दोहोरो गस्ती बढाएको छ । यस अन्तर्गत सेनाले गस्ती गरिरहेको छ । थप सावधानी अपनाउन सो क्षेत्रमा एउटा चौकी पनि स्थापना गरिएको छ । नेपालबाट आउने र जाने हरेक व्यक्तिको परिचयपत्र जाँच भइरहेको छ । एसएसबीले सीसीटीभीमार्फत सीमा क्षेत्रको निगरानी गरिरहेको बताइएको छ ।
एसएसबी र प्रहरीको संयुक्त टोलीले सीमामा २४ सै घण्टा निगरानी गरिरहेको बलरामपुरका एएसपी योगेश कुमारले बताए । गाउँ सुरक्षा समितिहरूलाई पनि सक्रिय पारिएको भनिएको छ । जारवा कोतवालीका इन्चार्ज इन्स्पेक्टर गोविन्द कुमारले सीमा क्षेत्रमा पीएससी जवान, प्रहरी र एसएसबीले संयुक्त रूपमा गस्ती गरिरहेको बताए । सिमानामा सीसीटीभीमार्फत पनि निगरानी भइरहेको बताइएको छ । गुरुङ नाका चौकीबाट आवतजावत रोकिएको छ ।
नेपालसँग सीमा जोडिएका सबै जिल्लामा सतर्कता जारी
घुसपैठको सम्भावना रहेको भन्दै नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको महाराजगन्ज, सिद्धार्थनगर, बलरामपुर, बहराइच, श्रावस्ती, पिलिभित र लखिमपुर खेरीमा पनि अलर्ट जारी गरिएको छ । नेपालमा ३३ देखि ३७ जना बङ्गलादेशी र पाकिस्तानीहरू रहेको र सबैजना घुसपैठ गर्न खोजिरहेको भन्दै नेपालसँगको सीमामा २४ घण्टा गस्ती बढाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
-
निर्वाचनलाई डिजिटल बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने डा. सुब्बाको योजना (कार्ययोजनासहित)
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण