सरकार राजावादीका व्यवस्था विरोधी गतिविधि टुलुटुलु हेरेर बस्दैन : प्रवक्ता गुरुङ
सारांश
- सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरूले गणतन्त्रलाई चुनौती दिएको बताएका छन् ।
- सरकारले उदारता देखाएको तर व्यवस्था विरोधी गतिविधि भए प्रतिवाद गर्ने उनले चेतावनी दिए।
- मन्त्री गुरुङले गणतन्त्रको रक्षाका लागि सत्तापक्ष र प्रतिपक्ष एक हुने दाबी समेत गरे।
काठमाडौँ । नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरूले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई चुनौती दिन खोजेको भन्दै सरकार सँधैभरि टुलुटुलु हेरेर नबस्ने बताएका छन् । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले यस्तो चेतावनी दिएका हुन् ।
‘राजावादीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई चुनौती दिने प्रयास गरेका छन् । तर सरकारले उदारतापूर्वक विरोध गर्नेहरूलाई पनि बोल्ने छुट छ’, मन्त्री गुरुङले भने, ‘तर यो सरकारको कमजोरी होइन र डराएर पनि होइन ।’
उनले सरकारको उदारतालाई कमजोरी नठान्न चेतावनी दिँदै भने, ‘यसलाई कमजोरी नठाने हुन्छ र सधैँ संविधान, र व्यवस्था विरोधी क्रियाकलाप भइरहे सरकार टुलुटुलु हेरेर बस्दैछ, प्रतिवाद गर्छ ।’ साथै उनले लाखौँ नेपाली जनताले रगत पसिना बगाएर र दुःख गरेर ल्याएको गणतन्त्र विरोधी गतिविधि भए प्रतिबन्ध लगाउने कानुनी अधिकार भए पनि सरकार अहिले नै त्यो बाटोमा गइनसकेको प्रस्ट पारे ।
‘जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन त्यसैदिन मानेर सरकारले भव्य रुपमा मनाउने निर्णय गरेको छ । त्यसैदिन गणतन्त्रलाई चुनौती दिने राजावादीहरूले प्रयास गरेका छन् । तर हामीले उदारतापूर्वक शासन प्रणाली उल्ट्याउन चाहनेलाई सभा र बोल्ने छुट दिएका छौँ’, उनले भने-‘सधैँ संविधान र व्यवस्था विरोधी गतिविधि गरे यथोचित प्रतिवाद हुन्छ । ’
सबैलाई बोल्ने छुट भएको भन्दै उनले अहिले सत्तापक्ष र प्रतिपक्षमा रहेकाहरू गणतन्त्रको रक्षाका लागि एक ठाउँमा उभिने दाबी गरे । राजावादीहरूले जेठ १५ गतेबाट राजतन्त्र नफर्केसम्म निरन्तर आन्दोलन गर्ने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण