रियलबाट बिदा हुँदै मोड्रिच
मड्रिड । रियल मड्रिडका कप्तान लुका मोड्रिचले फिफा क्लब विश्व कप अभियानपछि स्पेनिस क्लबबाट बिदा हुने घोषणा गरेका छन्। मोड्रिचले गत वर्ष एक वर्षको नयाँ सम्झौता गरेका थिए, जुन यस सिजनको अन्त्यमा समाप्त हुँदैछ।
सन् २०१८ मा बलोन डी'ओर विजेता ३९ वर्षीय क्रोएसियाली मिडफिल्डरले शनिबार रियलको घरेलु रंगशाला सान्टियागो बेर्नाबेउमा रियल सोसिडाडविरुद्ध हुने अन्तिम ला लिगा खेलमा आफ्नो अन्तिम खेल खेल्नेछन्।
‘समय आएको छ। यस्तो समय जुन म कहिल्यै आओस् भन्ने चाहन्थिनँ, तर यो फुटबल हो, जीवनमा सबै कुराको सुरु हुन्छ र अन्त्य पनि,” मोड्रिचले इन्स्टाग्राममार्फत भने। सन् २०१२ मा टोटनह्याम हटस्परबाट रियल मड्रिडमा आबद्ध भएका मोड्रिचले ६ वटा च्याम्पियन्स लिग र ४ वटा घरेलु उपाधिसहित कुल २८ उपाधि जितेका छन्।
‘मैले २०१२ मा विश्वकै उत्कृष्ट क्लबको जर्सी लगाउने आशा र केही विशेष गर्ने लक्ष्यका साथ मड्रिड आएँ, तर त्यसभन्दा बढी उपलब्धि हासिल होला भन्ने मैले कल्पना गरेको थिइनँ,’ उनले भन, ‘रियल मड्रिडका लागि खेल्नुले मेरो फुटबल र व्यक्तिगत जीवन परिवर्तन गरिदियो । म विश्वकै सबैभन्दा सफल क्लबको एक उत्कृष्ट युगको हिस्सा भएकोमा गर्व गर्छु।’
रियल मड्रिडले क्लब विश्व कपको अभियान जुन १८ मा साउदी अरेबियाको अल-हिलालविरुद्ध सुरु गर्नेछ र त्यसपछि मेक्सिकोको पाचुका र अस्ट्रियाको आरबी साल्जबर्गसँग समूह चरणमा खेल्नेछ।
यस सिजन स्पेनिस शीर्ष डिभिजनमा मोड्रिचले ३४ खेलमा २ गोल र ६ असिस्ट गरेका छन्। रियल यस सिजन ला लिगा उपाधि बार्सिलोनाले जित्दा दोस्रो स्थानमा रह्यो। मोड्रिचले च्याम्पियन्स लिगको सबै खेलमा सहभागिता जनाएका थिए, जहाँ रियल मड्रिड क्वार्टरफाइनलमा आर्सनलसँग समग्रमा ५–१ ले पराजित भएको थियो।
शनिबारको खेल रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीको पनि अन्तिम खेल हुनेछ। रिपोर्टअनुसार बायर लेभरकुसेनका प्रशिक्षक जाबी आलोन्सो उनलाई प्रतिस्थापन गर्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण