शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

उन्नाइस विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग

शुक्रबार, ०९ जेठ २०८२, १० : ३७
शुक्रबार, ०९ जेठ २०८२

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई  खरको छानोमुक्त नगरपालिका बनाउने अभियानअन्तर्गत १९ विपन्न परिवारलाई घर छाउन जस्तापाता प्रदान गरेको छ ।
सिद्धिचरण नगरपालिका भण्डार शाखा प्रमुख चुडामणि दाहालका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा खरको छानो भएका विपन्न नगरिकलाई टिनको छानो फेर्न रु १५ लाख वजेट विनियोजन गरेको थियो । त्यसमध्ये रु १२ लाख ८५ हजार ६६२ मा ८८ बन्डल जस्तापाता खरिद गरेर १९ परिवारलार्ई वितरण गरिएको थियो । प्रतिघर तीन बन्डलको दरले ५७ बन्डल जस्तापाता बिहीबार वितरण गरिएको हो ।
 
आगलागी र मनसुनजन्य जोखिमबाट नगरवासीलाई मुक्त गराउन जस्तापाता वितरणको अभियान सञ्चालन गरिएको नगरका उपप्रमुख केदारबाबु बस्नेतले बताए । अभियानलाई  आगामी वर्ष पनि निरन्तरता दिइने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप