ताप्लेजुङ घटना : छानबिन समितिले ऊर्जा मन्त्रीलाई बुझायो प्रतिवेदन
काठमाडौँ । ताप्लेजुङमा बिजुलीको तारमा अल्झिएर बोलेरो दुर्घटनाको छानबिन प्रतिवेदन ऊर्जा मन्त्री दीपक खड्कालाई बुझाइएको छ । मन्त्रीस्तरीय निर्णयमार्फत विद्युत् विकास विभागका सुपरिडेन्टेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाएको हो ।
समितिको प्रतिवेदनमा दुर्घटनाको मूल कारण पोलको इन्सुलेटर फुस्किनु, कम भिजिबिलिटी, सवारीको छानामा राखिएको संरचनाले विद्युत् तार छोएको र विद्युत् प्रवाह रोक्ने सुरक्षा प्रणालीले काम नगरेको जस्ता गम्भीर प्राविधिक कमजोरी समेत औँल्याइएको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री खड्काले सरकार अब विद्युत् सुरक्षालाई प्राविधिक विषयमा मात्र होइन, नागरिक सुरक्षा र जनताको जीवनसँग प्रत्यक्ष जोडिए भन्दै त्यस अनुसार विचार गरेर अघि बढ्न निर्देशन दिए ।
वैशाख ८ गते ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो गाडी विद्युतको तारमा अल्झिएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चार जनाको ज्यान गएको र दुई गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई तत्काल राहत तथा दीर्घकालीन क्षतिपूर्ति सुनिश्चित गर्न समेत सम्बद्ध निकायहरूलाई निर्देशन दिइसकेको खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण