भिजिट भिसा श्रम मन्त्रालयको क्षेत्राधिकारभित्र पर्दैन : महानिर्देशक भट्टराई
सारांश
- वैदेशिक रोजगार विभागका महानिर्देशकका अनुसार भिजिट भिसामा विदेश जानेहरू श्रम मन्त्रालयको क्षेत्राधिकारमा पर्दैनन्।
- विभागले श्रम स्वीकृति प्रक्रियालाई छिटो, सजिलो र पारदर्शी बनाउँदै श्रमिकले आवेदन दिएकै दिनमा श्रम स्वीकृति दिने व्यवस्था गरेको छ।
- कोरिया जाने कामदारको इ-९ र इ-७ भिसा फरक प्रकृतिका भए पनि दुवै वैध रहेको र यसले अवसर बढाउने महानिर्देशक भट्टराईले बताए।
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले भिजिट भिसामा विदेश जाने नेपालीहरू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र यसको मातहतका निकायसँग सम्बन्धित नहुने स्पष्ट पारेका छन्।
शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा उनले भिजिट भिसा अध्यागमनको क्षेत्राधिकारभित्र पर्ने विषय भएको उल्लेख गर्दै भने, 'भिजिट भिसा लिएर विदेश जानेहरूसँग हाम्रो मन्त्रालयको कुनै सम्बन्ध छैन। हामीले नियमन गर्ने भनेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर जाने श्रमिकहरू मात्र हुन्।'
उनका अनुसार विभागले हाल श्रम स्वीकृति प्रक्रियालाई सहज, छरितो र पारदर्शी बनाउनेतर्फ गम्भीर प्रयास गरिरहेको छ। 'हामीले अब श्रमिकले आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने व्यवस्था गरेका छौं। यसले प्रक्रियामा रहेका विचौलियाहरूको चक्रलाई तोड्न मद्दत पुग्नेछ,' उनले भने।
कोरिया जाने श्रमिकहरूको सन्दर्भमा उनले इ–९ र इ–७ भिसा फरक–फरक प्रकृतिका भएको भन्दै अनावश्यक भ्रम नराख्न आग्रह गरे। उनका अनुसार इ–९ भिसा कोरियाको श्रम मन्त्रालयले दिने हो भने इ–७ भिसा त्यहाँको न्याय मन्त्रालयद्वारा जारी गरिन्छ। "दुवै भिसा वैध छन् र दुवैमार्फत नेपालीहरू कोरिया जान पाउनेछन्। यसले अवसर अझै बढाउनेछ," उनले जानकारी दिए।
महानिर्देशक भट्टराईले वैदेशिक रोजगारी प्रणालीलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने प्रयास जारी रहेको र यसको सकारात्मक असर चाँडै देखिने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण