कविता
उज्यालो
आइतबार, ११ जेठ २०८२, ०९ : २७
चेतनाको मसाल जलाएर
मैले उज्यालोमा बाँचौँ भन्दा
समाजलाई अँध्यारो
सुरुङमा कोचिरहने ।
ए पाखण्डी हो
यो देश कहिले बन्छ ?
बुद्धिजीवी र कलमजीवीलाई
पाखुरे र द्रव्य पिचासहरूले थिचिरहँदा ।
शक्तिको दासी मगजहरू
दासत्व स्विकार्दै
लाचारीको जिन्दगी कति दिनसम्म बाँच्छौँ ?
मौनताको जीवन बाँचेर
आँसुको थोपामा
बहानाले बाँधेको
मुस्कान लिएर
आफूले आफ्नै
समाधि खनेर पनि मान्छेले
कसरी म मान्छे हुँ भन्दो हो
मान्छे हुनुको अर्थ
मार्क्स, बीपी मदनहरू
हुनु मात्र होइन ।
मान्छे हुनु हो अर्थ चेतनामा
बाँच्नु हो ।
जीवितै चुपचाप
मर्नेहरू त कायरहरू हुन् ।
जो जिउँदो हुनुको अर्थ
उज्यालो भविष्यका लागि
कलेटी परेका ओठले
चिच्याइचिच्याई मर्छन्
त्यो जीवित मान्छे हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण