कविता
उज्यालो
आइतबार, ११ जेठ २०८२, ०९ : २७
चेतनाको मसाल जलाएर
मैले उज्यालोमा बाँचौँ भन्दा
समाजलाई अँध्यारो
सुरुङमा कोचिरहने ।
ए पाखण्डी हो
यो देश कहिले बन्छ ?
बुद्धिजीवी र कलमजीवीलाई
पाखुरे र द्रव्य पिचासहरूले थिचिरहँदा ।
शक्तिको दासी मगजहरू
दासत्व स्विकार्दै
लाचारीको जिन्दगी कति दिनसम्म बाँच्छौँ ?
मौनताको जीवन बाँचेर
आँसुको थोपामा
बहानाले बाँधेको
मुस्कान लिएर
आफूले आफ्नै
समाधि खनेर पनि मान्छेले
कसरी म मान्छे हुँ भन्दो हो
मान्छे हुनुको अर्थ
मार्क्स, बीपी मदनहरू
हुनु मात्र होइन ।
मान्छे हुनु हो अर्थ चेतनामा
बाँच्नु हो ।
जीवितै चुपचाप
मर्नेहरू त कायरहरू हुन् ।
जो जिउँदो हुनुको अर्थ
उज्यालो भविष्यका लागि
कलेटी परेका ओठले
चिच्याइचिच्याई मर्छन्
त्यो जीवित मान्छे हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण