राजधानीको बल्खुबाट लागु औषध कारोबारमा संलग्न ४ जना पक्राउ
आइतबार, ११ जेठ २०८२, ११ : ११
सारांश
- काठमाडौंको बल्खुबाट लागु औषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सिन्धुली, काभ्रे, नुवाकोट र धादिङका युवाहरू छन्।
- प्रहरीले उनीहरूको साथबाट १ हजार ६७ क्याप्सुल ट्रामाडोल बरामद गरेको छ र घटनाको अनुसन्धान भइरहेको छ।
काठमाडौँ । राजधानीको बल्खुबाट प्रहरीले लागु औषध कारोबार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर घर भएर बुढानीलकण्ठ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे घर भएर टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट घर भएर तारकेश्वर बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ घर भएका २५ वर्षीय विजय आले मगर छन् ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले आरोपीहरूको साथबाट १ हजार ६७ क्याप्सुल लागु औषध ट्रामाडोल बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार सिन्धुलीको गोलञ्जोर घर भएका होमराज श्रेष्ठलाई पक्राउ गरेर सोधपुछ गर्दा अरू ३ जनाको संलग्नता खुलेको थियो । घटनाबारे प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण