राजधानीको बल्खुबाट लागु औषध कारोबारमा संलग्न ४ जना पक्राउ
आइतबार, ११ जेठ २०८२, ११ : ११

समाचार सारांश
- काठमाडौंको बल्खुबाट लागु औषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सिन्धुली, काभ्रे, नुवाकोट र धादिङका युवाहरू छन्।
- प्रहरीले उनीहरूको साथबाट १ हजार ६७ क्याप्सुल ट्रामाडोल बरामद गरेको छ र घटनाको अनुसन्धान भइरहेको छ।
काठमाडौँ । राजधानीको बल्खुबाट प्रहरीले लागु औषध कारोबार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर घर भएर बुढानीलकण्ठ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे घर भएर टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट घर भएर तारकेश्वर बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ घर भएका २५ वर्षीय विजय आले मगर छन् ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले आरोपीहरूको साथबाट १ हजार ६७ क्याप्सुल लागु औषध ट्रामाडोल बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार सिन्धुलीको गोलञ्जोर घर भएका होमराज श्रेष्ठलाई पक्राउ गरेर सोधपुछ गर्दा अरू ३ जनाको संलग्नता खुलेको थियो । घटनाबारे प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश गरिनुपर्छ : सांसद पौडेल
-
गृहमन्त्री र पर्यटनमन्त्रीलाई बर्खास्त गर्न देउवालाई कांग्रेस सांसद् बजगाईको पत्र
-
विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि अभियानकै रूपमा स्वयंसेवक खटाउँछौ : कार्यकारी निर्देशक भट्ट
-
ओलीको कटाक्ष : ‘प्रचण्डको स्वर हेर्नुस् त, भ्रष्टाचारविरुद्ध बुरुक बुरुक !’
-
रवि लामिछानेको मुद्दामा ‘आदेश’ को ठाउँमा फैसला लेखिएपछि संशोधन गरिँदै
-
साँगामा सडक विस्तारका क्रममा पहिरो खस्दा मजदुर घाइते