निजी विद्यालयलाई राष्ट्रियकरण होइन, गैरनाफामूलक बनाउनुपर्छ : सुमना श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामूलक बनाउनुपर्ने बताएकी छन् । आइतबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले निजी विद्यालयको हकमा राष्ट्रियकरण गर्ने नभई गैरनाफामुलक बनाउनुपर्ने धारणा राखेकी हुन् ।
'निजीको सवालमा राष्ट्रियकरण गर्ने भन्ने होइन । बन्देज लगाउने भन्ने होइन । गैर नाफामूलक बनाउनुपर्छ भन्ने हो । त्यसमा लागि कति हुन्छ, १५ वा २० वर्ष हो समय दिऊ,' श्रेष्ठले भनिन् ।
उद्योग मन्त्रालयले गरेको अनुगमनका विषय निज विद्यालयबाट आइरहरेको विज्ञप्तिमा उनले आपत्ति जनाउँदै नियमनको पाटोमा कडाइका साथ लाग्नुपर्नेमा उनले जोड दिइन् ।
'विगतदेखि नै विद्यालय शिक्षा विधेयकमा सहमति जुट्न नसकेका विषयमा कसरी छलफल गर्ने भनेर शिक्षा मन्त्रालयलाई वर्क आउट गर्न भनिरहेका थियौ, उनले भनिन्, अहिले पनि केही होमवर्क भएको देखिएन। मन्त्रालय तयारीका साथ आएन भने भोलीदेखिको समिति बैठकमा यही विषय रेकर्ड गरेर मात्रै सुनाइदिने हो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण