गृहमन्त्रीको मात्र होइन प्रधानमन्त्रीको समेत राजीनामा माग्छौँ : ज्ञानेन्द्र शाही
सारांश
- राप्रपाले गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्दै जेठ १३ गते संसद अवरुद्ध गर्ने जनाएको छ।
- राप्रपाले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीका स्वकीय सचिवको नाम आएकोले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएको छ।
- राप्रपाले भ्रष्टाचारविरुद्धको आन्दोलनमा साथ दिने र गृहमन्त्री तथा प्रधानमन्त्री दुवैको राजीनामा माग्ने बताएको छ।
काठमाडौँ । जेठ १३ गते गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरुद्ध गर्ने भएको छ ।
जेठ १५ गते हुने आन्दोलनको तयारीबारे गोकर्णेश्वरको तारेभीरमा आइतबार आयोजित अगुवा कार्यकर्ताको भेलामा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्ध हुने जुनसुकै आन्दोलनमा साथ हुने बताए ।
‘हामी भ्रष्टाचारमा विरुद्धमा एकजुट छौँ । एकजुट भइसकेपछि चाहे जोसुकैलाई होस् हाम्रो साथ रहन्छ,’ उनले भने । शाहीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको मात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओलीको समेत राजीनामा माग्नुपर्नेमा जोड दिए ।
थुनामा रहेका व्यक्तिले प्रधानमन्त्रीका स्वकीय सचिवको पनि नाम लिएको प्रसङ्ग कोट्याउँदै शाहीले यसबारे प्रधानमन्त्री ओलीले संसद्मा जवाफ दिनुपर्ने बताए ।
‘भिजिट भिसा प्रकरणबारे हामी पनि १३ गतेको संसद्मा जवाफ माग्छौँ । गृहमन्त्री मात्र होइन, प्रधानमन्त्रीको पनि राजीनामा माग्छौँ । थुनामा रहेका व्यक्तिले स्वयम् प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले एक करोड रुपैयाँ मागेको भनेर बयान दिएका छन् । प्रधानमन्त्री ओलीले यसको जवाफ पर्सी संसद्मा दिनुपर्छ, उनले भने ।
मंगलबारको संसद् बैठकमा प्रस्तुत हुने विषयबारे पार्टीले बैठक राखेर सामूहिक निर्णय गर्ने प्रमुख सचेतक शाहीले बताए । त्रिभुवन विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह मन्त्रालय शङ्काको घेरामा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण