मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युक्रेनी ड्रोन आक्रमणको निशानामा थियो पुटिनको हेलिकप्टर ?

सोमबार, १२ जेठ २०८२, १८ : १८
सोमबार, १२ जेठ २०८२

काठमाडौँ । मे २० मा रुसको कुस्र्क क्षेत्रको भ्रमणका क्रममा युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हेलिकप्टरमा ड्रोन आक्रमण गरेको दाबी रुसी सैन्य कमाण्डरले गरेका छन् । 

रुसी सेनाको वायु रक्षा डिभिजनका कमाण्डर युरी ड्यास्किनले यो दाबी गरेका हुन् । रुसी मिडियासँग कुरा गर्दै ड्यास्किनले भनेः ‘राष्ट्रपति पुटिनको हेलिकप्टरलाई जोगाउन हामीले निरन्तर हवाई सुरक्षा लडाइँ लड्यौं । राष्ट्रपतिको हेलिकप्टर युक्रेनको ड्रोन आक्रमणको निशानामा थियो ।’ पुटिनको हेलिकप्टरमा ४६ वटा ड्रोनले आक्रमण गरेको दाबी उनले गरेका छन् । 

पुटिनले हालै कुस्र्क क्षेत्रको भ्रमण गरेका थिए । कुस्र्क एक रुसी क्षेत्र हो, जसको ठूलो हिस्सा युक्रेनले ओगटेको थियो । यद्यपि, अब कुस्र्कको ठूलो भाग फेरि रूसी नियन्त्रणमा आइसकेको छ । कुस्र्कमा युक्रेनी आक्रमण दोस्रो विश्वयुद्ध पछि रूसी भूमिमा पहिलो विदेशी आक्रमण थियो ।

अब रुसी सेनाले उत्तर कोरियाली सेनाको सहयोगमा यस क्षेत्रको अधिकांश भागमा नियन्त्रण पुनः प्राप्त गरेको छ । पुटिनको पक्षमा जनसमर्थन जुटाउन यस्तो दाबी आएको युक्रेनी विज्ञहरूले भनेका छन् । 

रूस र युक्रेनबीच शान्ति वार्ता भइरहँदा पुटिनको हेलिकप्टरलाई निशाना बनाइएको थियो । तर यस शान्ति वार्ताबाट कुनै उल्लेखनीय नतिजा निस्किएन । टर्कीमा भएको शान्ति वार्तामा दुई देशबीच एक–एक हजार कैदी आदानप्रदान गर्ने सम्झौता चाहिँ भयो । बैठकमा युद्धविरामको बारेमा कुनै सहमति हुन सकेन । दुई देशबीचको दोस्रो बैठकको नयाँ मिति तय भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप