कर्णालीमा दलित सम्बन्धी ऐन कार्यान्वयनमा
सुर्खेत । दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा बनेको ऐन कार्यान्वयनमा आएको छ । प्रदेश राजपत्र प्रकाशन भएपश्चात् ऐन कार्यान्वयन प्रक्रियाका लागि योग्य भएको हो ।
विषयगत मन्त्रालयको हिसाबले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी रहेको छ । सोही बमोजिम मन्त्रालयले ऐनमा उल्लेखित व्यवस्थालाई कार्यान्वयन गर्ने हेतुले ऐनको दफा ८ र ११ लाई कार्यान्वयन गर्न सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।
यो सँगै दफा ८ बमोजिम कर्णाली प्रदेशका प्रत्येक जिल्ला प्रहरी कार्यालयमा जातीय विभेद तथा छुवाछुत नियन्त्रण इकाई स्थापना हुने छ । सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले जातीय विभेद तथा छुवाछुत नियन्त्रण इकाई स्थापनाका लागि प्रदेश प्रहरी कार्यालयलाई पत्र लेखेको छ ।
यस्तै दफा ११ बमोजिम जातीय छुवाछुतको कसूरसम्बन्धी मुद्दामा कानुन व्यवसायीको राख्नुपर्ने भएमा पीडितको आर्थिक अवस्थालाई विचार गरी बहस पैरवी तथा प्रतिरक्षाको व्यवस्था मिलेको हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण