विपद् जोखिम न्यूनीकरण गर्न एमालेका ११ कार्ययोजना

समाचार सारांश
- नेकपा एमालेले विपद् जोखिम न्यूनीकरणका लागि मातहतका कमिटीहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ।
- पार्टीले बाढीपहिरो र डुबानबाट हुने जोखिम कम गर्न पूर्व तयारी, सचेतना, उद्धार र राहतका कार्यमा लाग्न निर्देशन दिएको छ।
- केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्ने र ११ बुँदे कार्ययोजना पारित गरिएको छ।
काठमाडौँ । नेकपा एमालेले विपद् जोखिम न्यूनीकरणका लागि मातहतका कमिटीहरूलाई सक्रिय बनाउने भएको छ ।
सो पार्टीको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले मंगलबार रणनीतिक कार्यशालाले ११ बुँदे कार्ययोजना पारित गरेको छ । विभाग प्रमुख खिमलाल भट्टराईका अनुसार सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन स्वयंसेवा विभाग गठन गरिनेछ ।
कार्यशालामा महासचिव शङ्कर पोखरेलले पार्टीका सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्न र पार्टी कमिटीहरूलाई बाढी पहिरो र डुबानबाट हुन सक्ने जोखिमको न्यूनीकरणका निम्ति पूर्व तयारी, सचेतना तथा उद्धार र राहतका कार्यहरूमा जुट्न निर्देशन दिएका छन् ।
विपद् विज्ञ डा वसन्त अधिकारीले वाढीपहिरो र जोखिमका विभिन्न पक्षहरूको बारेमा कार्यशालामा विषय प्रस्तुति गरेका थिए । प्रदेश/ जिल्ला कमिटीका अध्यक्षहरू, जिल्ला विभागका प्रमुखहरू, जन सङ्गठनका प्रमुख र प्रतिनिधिहरू कार्यक्रममा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के कोरोनाको महामारी फेरि फर्कन सक्छ ?
-
शनिबारको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कोशी प्रदेशमा मनसुनको प्रभाव, अन्य प्रदेशको मौसम कस्तो रहला ?
-
बुलबुल तालमा मोटरबोट सञ्चालन भएपछि...
-
आधा विश्वले जलवायु परिवर्तनका कारण अतिरिक्त गर्मीको सामना गर्योः अध्ययन